शुक्रबार, जेठ ४, २०८१

उच्च गर्मीका कारण बुटवलका विद्यालय २ दिन बन्द

मेरोन्यूज २०८१ वैशाख २० गते ९:४६

बुटवल । अत्यधिक गर्मी बढ्दै गएपछि बुटवलका विद्यालय २ दिन बिदा हुने भएका छन् ।

Advertisement

बुटवल उपमहानगरपालिकाले बुधवार एक सूचना जारी गर्दै वैशाख २० र २१ गते विद्यालयलाई बिदा गर्न निर्देशन दिएको हो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जारी गरेको सूचनामा केही दिनयता तातो हावा चल्न थालेकोले विद्यार्थीहरुको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने देखिएकाले वैशाख २० गते बिहीवार र २१ गते शुक्रवारका लागि नगरभित्रका सबै विद्यालयमा बिदा दिन निर्देशन दिइएको उल्लेख छ ।

विद्यालय बन्द भए पनि जारी कक्षा १२ को परीक्षा भने यथावत् रहने उपमहानगरको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया