शुक्रबार, जेठ ४, २०८१

पिएसजीमाथि डोर्टमण्डको जित

मेरोन्यूज २०८१ वैशाख २० गते ९:२२

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको सेमिफाइनल अन्तर्गत पहिलो लिगमा डोर्टमण्डले पिएसजीलाई पराजित गरेको छ ।

Advertisement

गएराती सम्पन्न खेलमा डोर्टमण्डले पिएसजीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

यस खेलमा खेलको ३६औं मिनेटमा डोर्टमण्डका निकलस फुल क्रुंगले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितसंगै डोर्टमण्डले सेमिफाइनलमा १-० को अग्रता हासिल गरेको छ र अब दोस्रो सेमिफाइनल पिएसजीको घरेलु मैदानमा मे ८ मा हुने छ ।
 

प्रतिक्रिया