बिहीबार, वैशाख २०, २०८१

नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल आउट

मेरोन्यूज २०८१ वैशाख ७ गते १२:४२

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको सेमिफाइनल खेलमा नेपालले आफ्नो चौथो विकेट गुमाएको छ ।

टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले चौथो विकेटका रुपमा कुशल मल्ललाई गुमाएको हो ।

कुशल ५ बल खेलेर ३ रन बनाउँदै बसिल हामिदको बलमा आउट भए ।

यो समाचार तयार गरुन्जेल नेपालले ९.१ ओभरमा ४ विकेट गुमाउँदै ५० रन बनाएको छ ।

प्रतिक्रिया