बुधबार, वैशाख १९, २०८१

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार

मेरोन्यूज २०८१ वैशाख ६ गते १२:५८

काठमाडौं । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ ।

मुख्यमन्त्री जोखबहादुर महाराले बिहीबार एमालेबाट चार, नागरिक उन्मुक्ति पार्टीबाट एक र स्वतन्त्रबाट एक मन्त्री थप गरेका हुन् ।

विस्तारित मन्त्रिमण्डलमा नारायण आचार्य आर्थिक मामिला तथा योजना मन्त्रालय, दीपेन्द्र पुन स्वास्थ्य र भण्डारीलाल अहिरले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

उनीहरुको मन्त्रालय टुंगो लागेको छैन। सबैले आजै विना विभागीय मन्त्रीको शपथ लिँदैछन् ।

गत चैत २३ गते मुख्यमन्त्री नियुक्त भएका महराले यसअघि एमालेबाट चेतनारायण आचार्यलाई मन्त्री बनाएका थिए।

आचार्यलेलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ। यस्तै माओवादीबाट दीपेन्द्र पुन स्वास्थ्य मन्त्री र जसपाका भण्डारीलाल अहिर भूमि व्यवस्था मन्त्री बनेका छन्।

प्रतिक्रिया