बुधबार, जेठ २, २०८१

इलाम -२ : सुहाङले १३ हजार ६९ मत ल्याउँदा अरुकाे कति ?

मेरोन्यूज २०८१ वैशाख १७ गते १४:३१

काठमाडौं । इलाम क्षेत्र नम्बर–२ काे मतगणना जारी छ ।

Advertisement

पछिल्लो परिणामानुसार नेकपा (एमाले)का सुहाङ नेम्वाङले १३ हजार ६९ मत प्राप्त गरेका छन् । नेम्वाङलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर खड्काले आठ हजार ३८६ मत प्राप्त गरेका छन् । उनीहरुबीच ४६८३ मतान्तर छ ।

यस्तै तेस्रो स्थानमा रहेका पहिचान पक्षधर स्वतन्त्र उमेदवार (मुढा चुनाव चिह्न) डकेन्द्रसिंह थेगिमले आठ हजार ९८ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का मिलन लिम्बू एक हजार ७१३ मतसहित चाैथाे स्थानमा छन् ।

प्रतिक्रिया