मंगलबार, जेठ ८, २०८१

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

मेरोन्यूज २०८१ वैशाख १९ गते ११:३४

काठमाडौं । कुमारी बैंक लिमिटेडले ९७ हजार १५० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।

Advertisement

बैंकले संस्थापक शेयरधनीहरू सीता गुरुङ्गको ८० हजार कित्ता, दिनेश श्रेष्ठको सात हजार ९१४ कित्ता, रघुनाथ घिमिरेको एक हजार ९७९ कित्ता, राम भरोसा वैद्यको पाँच हजार ९३८ कित्ता र संजय नारायण श्रेष्ठको एक हजार ३१९ कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न ईच्छुक संस्थापकहरूले ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको नागपोखरीस्थित बैंकको शेयर रजिष्ट्रार वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ ।

बैंकले तोकेको उक्त समयभित्र संस्थापक शेयरधनीहरूबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति वा संस्थाहरूलाई शेयर बिक्री गरिने बैंकको भनाई छ ।

प्रतिक्रिया