बुधबार, वैशाख १९, २०८१

‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई

मेरोन्यूज २०८१ वैशाख ६ गते १०:३४

गुल्मी । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्मा भण्डारीलाई प्रदान गरिने भएको छ ।

‘जानकी प्रतिष्ठान’ द्वारा स्थापना गरिएको उक्त पुरस्कार गुल्मीमा जन्मेर निरन्तर सिर्जनामा लागेका स्रष्टा भण्डारीलाई पुरस्कृत गर्ने निर्णय भएको पुरस्कार छनोट समितिका संयोजक दीन पन्थीले बताए ।

गुल्मीको सत्यबती गाउँपालिकाको जोहाङ् खैरेनीमा २०१० भदौ २५ मा जन्मिएका भण्डारी समालोचक, कवि र निबन्धकारका रूपमा परिचित छन् । उनका २८ वटा पुस्तक प्रकाशित छन् ।

२०३३ मा रुरुक्षेत्र गाउँपालिका–४ अन्तर्गत बलेटक्सारमा जन्मिएकी जानकी ज्ञवाली साहित्य र मानव अधिकारको क्षेत्रमा सक्रिय थिइन् । उनको नौ वर्षअघि ३९ वर्षको उमेरमा निधन भएपछि उनका श्रीमान् शङ्करप्रसाद गौतमले उनको स्मृतिमा किरण पुस्तकालय तम्घासमा १ लाख ५१ हजार एक सय ५१ को अक्षय कोष स्थापना गरेका थिए ।

कोषको ब्याजबाट हरेक पुरस्कार प्रदान हुँदै आएको छ । उक्त पुरस्कारबाट  साहित्यकार सूव सेन (सूर्यबहादुर सेन) भागरिथी श्रेष्ठ, रामप्रसाद पन्त र नारद गौतम र रुद्र ज्ञवाली पुरस्कृत भइसकेका छन् ।

प्रतिक्रिया