वेस्ट इन्डिज ए ले नेपाललाई दियो २२८ रनको लक्ष्य
मेरोन्यूज
२०८१ वैशाख १९ गते १४:०६
काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपाललाई २२८ रनको लक्ष्य दिएको छ ।
सिरिजको तेस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनाएको हो ।
वेस्ट इन्डिज ए का लागि जोन्सन चार्ल्सले सर्बाधिक अविजित ११९ रन बनाए भने आन्द्रे फ्लेचरले ५३ रन बनाएका थिए । त्यस्तै फाबियन एलेनले १९ र एलिक अथानाजले १७ रन बनाएका थिए । त्यस्तै किमो पाउलले १३ रन बनाएका छन् ।
त्यसैगरी नेपाली बलर करण केसी र सागर ढकालले एक एक विकेट लिएका थिए ।
सम्बन्धित
प्रतिक्रिया