सोमबार, वैशाख १७, २०८१

उपनिर्वाचनमा उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णय

मेरोन्यूज २०८० चैत १४ गते ११:२०

काठमाडौं । नेकपा माओवादी केन्द्रले वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो उम्मेदवारी दिने निर्णय गरेको छ ।

बुधबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले इलाम २ र बझाङ-१ (क) मा उम्मेदवारी दिने निर्णय गरेको हो ।तर कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय भने माओवादीले गरेको छैन ।

योसँगै अहिलेको नयाँ समीकरणबाट उपनिर्वाचनमा साझा उम्मेदार भने नहुने निश्चित भएको छ ।

अहिलेसम्म  एमालेले इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदार बनाएको छ ।

प्रतिक्रिया