सोमबार, वैशाख १७, २०८१

इजरायलको रफाह आक्रमणसम्बन्धी प्रतिवद्धतापछि संयुक्त राष्ट्रसङ्घका प्रमुखद्वारा गाजा भ्रमण गर्ने

मेरोन्यूज २०८० चैत १० गते १८:५३

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले शनिबार गाजासँगको इजिप्टको सिमानाको भ्रमण गर्ने अपेक्षा गरिएको छ ।

महासचिव गुटेरेसको यो योजना इजरायलले अमेरिकाको समर्थन बिना पनि नजिकैको शहर रफाहमा हमाससँग लड्न आफ्नो सेना पठाउने बताएपछि बनेको हो ।

भ्रमणको क्रममा, गुटेर्रेसको मानवीय युद्धविरामको आह्वान दोहो¥याउने योजना छ । नयाँ अन्तर्राष्ट्रिय दबाबले गाजाको अधिकांश जनसङ्ख्याले शरण लिएको रफाहमा अहिलेसम्म इजरायललाई नियोजित स्थल आक्रमणबाट रोक्न सफल भएको छ ।

यस्तो कारबाहीले व्यापक नागरिक हताहत हुने र क्षेत्रमा व्याप्त मानवीय सङ्कटलाई अझ बिगार्ने चेतावनीको बावजुद, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आक्रमणलाई अगाडि बढाउने बताए ।

संयुक्त राज्य अमेरिकाको समर्थनमा त्यसो गर्ने आशा ब्यक्त गर्दे आवश्यकताको आधारमा एक्लै लडार्इं गर्ने शुक्रबार इजरायल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनसँग नेतान्याहूले बताए ।

लगभग पाँच महिनाको लडाइँ रोक्न अन्तर्राष्ट्रिय प्रयासहरू तीव्र भएका छन् । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले शुक्रबारसम्म प्यालेस्टिनी क्षेत्रमा ३२ हजार ७० जनाको मृत्यु भएको र संयुक्त राष्ट्र सङ्घले आसन्न अनिकालको चेतावनी दिएको छ ।

“यो मानव निर्मित प्रकोप भएको प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सी (युएनआरडब्लुए) का प्रमुख फिलिप लजारिनीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्। उनले युद्धविराम र गाजामा खाद्यान्न आपूर्ति जीवन बचाउने सामानको एक मात्र समाधान भएको बताए ।

“तत्काल युद्धविराममा सुरक्षा परिषद्को प्रस्तावको लागि पछिल्लो प्रयास शुक्रबार असफल भयो । चीन र रूसले अमेरिकी प्रस्तावलाई भिटो गरेका छन् भने यस सन्दर्भमा अरब सरकारहरूले असन्तुष्टि जनाएका छन् ।

कूटनीतिक स्रोतहरूले सुरुमा शनिबारका लागि मतदानको योजना गरिएको कडा युद्धविराम प्रस्तावमा मतदान गर्न थप छलफलको लागिसोमबारसम्म स्थगित गरिनेछ ।

प्रतिक्रिया