सोमबार, वैशाख १७, २०८१

चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

मेरोन्यूज २०८० चैत ८ गते १२:११

काठमाडौं। सरकारले चूडामणि पौडेललाई सचिव पदमा बढुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार रिक्त राजपत्रांकित विशिष्ठ श्रेणीको सचिव पदमा पौडेललाई बढुवा गरिएको हो । 
 

प्रतिक्रिया