शुक्रबार, वैशाख २८, २०८१

माओवादी केन्द्रीय समिति बैठक

भदौं १६ मा ६ हजार ७४३ वडाबाट एकै पटक तीन महिने अभियान उद्घाटन गर्ने

समन्वय समिति विघटन, जिल्ला इन्चार्जसम्मकै जिम्मेवारी फेरियो, मतदाता नामावली रहेको वडामै केन्द्रीय सदस्यको कार्यविभाजन

रामकृष्ण अधिकारी २०८० साउन २१ गते १५:५१

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आज देखि भदौं १५ सम्म तयारी गरेर भदौं १६ बाट तीन महिने अभियान चलाउने भएको छ । माओवादी केन्द्रको काठमाडौंमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यस्तो अभियानको खाका प्रस्तुत गरेका हुन् ।

Advertisement

उनले भदौं १५ सम्म तयारी बैठकहरु गर्ने र १६ गते देशभरका ६ हजार ७ सय ४३ वटा वडामै एकैपटक अभियानको उदघाटन गर्ने कार्यक्रम घोषणा गरेका हुन् । केन्द्रबाट त्यस्तो अभियानको अध्यक्ष प्रचण्डले केन्द्रीकृत उदघाटन गर्नेछन् ।

माओवादीले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान नाम दिएर अयिभान सुरु गर्न लागेको हो ।
यो अभियान तीन महिना रहने अध्यक्ष प्रचण्डले बताएका छन् । यसका निश्चित लक्ष्य र उदेश्य पनि तय गरिएको र त्यही लक्ष्य र उदेश्य पूर्ति गर्न सवै नेता केन्द्रीय सदस्यहरुको कार्यविभाजन पनि माओवादीले गरेको छ ।
अभियान तीन तरणमा गर्ने उसको तयारी छ । पहिलो चरणमा बैठक भेला, प्रशिक्षण, सदस्यता विस्तार, नविकरण, कार्यालय ब्यवस्थापन, अन्तरविरोधको पहिचान र समस्या समाधान, पार्टी नेता कार्यकर्ताको भरणपोषणका लागि कोष निर्माण लगायतका काम हुनेछन् ।

अभियानको दोस्रो चरणमा भने माओवादीले लगातार ५ घण्टासम्म विषण्विज्ञसँगको अन्तक्रिया, जभेला, स्थानीय संघ सस्थासँगको अन्तक्रिया लगायतका काम गर्ने गरि तय भएको छ । तेस्रो चरणमा
जनपरिचालन, जनप्रर्दशन लगायतका कार्यक्रम ठोस गरिएको माओवादीले जनाएको छ ।

अभियानका क्रममा अध्यक्ष देखि केन्द्रीय सदस्यसम्म सबैको कार्यविभाजन पनि गरेको छ ।

कार्यविभाजनमा माओवादीले ब्यापक हेरफेर गरेको छ । विगतमा जिम्मा लिईरेहका नेताहरुको कार्यविभाजन बदलिएको छ ।

कार्यविभाजन यस्तो
्माओवादीले पाटीृ पदाधिकारीहरुको कार्यविभाजनलाई नयाँ ढंगबाट गरेको छ । अध्यक्ष प्रचण्डलाई समग्र पार्टी र सरकार, बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई पनि सरकार र समग्र पार्टीकै जिम्मा दिईएको छ ।

उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टी एकता र समाजवादी मोर्चा, अर्का उपाध्यक्ष पम्फा भुसाललाई जनवर्गीय संगठनको इन्चार्ज, अग्नि सापकोटालाई प्रचार विभागको जिम्मा दिइएको छ ।

उपममहासचिव र सचिवहरुलाई प्रदेशको जिम्मा दिईएको छ । कोशीमा चक्रपाणि खनाल, मधेसमा लिलामणि पोखरmे बागमतिमा जनार्दन शर्मा, गण्डकीमा देवेन्द्र पौडेल, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मात्रिका यादव, सूदुरपश्चिममा डिलाराम आचार्यलाई जिम्मा तोकिएको छ ।

त्यसैगरी सम्पर्क सम्वन्य मा गिरिराजमणि पोखरेल, उपत्यका विशेष प्रदेशमा वर्षमान पुन अनन्त, विदेश प्रवासमा राम कार्की, आइटी , विज्ञान प्रविधिमा गणेश शाह, कानुन प्राध्यापक लगायतमा दिनानाथ शर्मा लगायतका नेताहरुको कार्यविभाजन गरिएको छ ।

विगतमा रहेको समन्वय समिति माओवादीले विज्ञटन गरेको छ । प्रदेशका अहिले तोकिएका इन्चार्जको नेतृत्वमा स्थायी समितिका वरिष्ठ नेता संयोजक रहने गरि ५ देखि ९ जनासम्मको सचिवालय बनाउने निर्णय माओवादीको छ ।

एउटै प्रादेशभित्र अन्तरप्रदेश जिल्ला हुने गरी कार्यविभाजन गरिएको छ । त्यस आधारमा अहिले रहेका जिल्ला इन्चार्ज समेत फेरिने छन् । पार्टी सरकारका मोर्चामा रहेका, सचिवालयमा रहेका, संसदीय दलको प्रमुख सचेतक, सचेतकका जिम्मामा रहेका , स्थानिय तह जितेका प्रम्ुखहरुका कार्यविभाजन सम्वन्धित क्षेत्रमै हुनेछ ।

अन्य नेताहरुको भने अभियानका क्रममा आफ्नै मतदाता नामावलीमा रहेको वडामा परिचालन गर्ने गरी कार्यविभाजन हुने प्रचण्डले खाका तयार पारेका छन् ।

नयाँ तोकिएका प्रदेश इन्चार्जसँग आज र भोलि छलफल गरेर कुन जिल्ला, कुन पालिकामा क कसको जिम्मेवारी ठोस गर्ने भन्नेमा तय गर्ने र त्यसको निर्णयसहितको सर्कुलर केन्द्रीय समितिकोमा नै गरेर पठाउने पनि प्रचण्डले बताएका छन् ।

अभियानका क्रममा वडाका हरेक घर घरमा अनिवायृ जानुपनृे, कांग्रेस, एमाले, राप्रपा वा अन्य जुनकुनै पार्टीका सदस्यको घर भएपनि त्यहाँ पनि अनिवार्य जाने, कति परिवार सदस्य बस्छन्, सवै रिपोट राख्ने र त्यसलाई अनिवार्य गर्ने प्रस्ताव प्रचण्डको छ ।

अभियानका क्रममा भूमि आयोगलाई पनि सागै जोडेर लाने र भूमि समस्या समाधान गर्ने गरि जाने पनि माओवादीले जनाएको छ । सरकारमा रहेका बेला यो अभियानमा जोडेर काम गर्ने प्रचण्डको भनाई छ ।

माओवादीले जितेका १२२ वटा स्थानीय तह र माओवादीले जितेका वडा पालिकामा एक एक वटा नमुना काम गर्ने र त्यसको तयारी गर्न पनि माओवादीले भनेको छ ।

जनवगीृय संगठनहरुलाई अभियानमा जोडन तीन महिनाभित्र सम्मेलन गरेर सम्मेलनको तयारीकै आधारमा अभियान जोडन भनेको छ ।
संगठन निर्माण, जनसम्वनध र जनपरिचालनको काम गरेर फेरि माओवादीलाई तीन महिनाको अभियानबाट ब्याटलमा जितेर लैजाने माओवादीले जनाएको छ ।

अभियानका क्रममा अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सम्मले सात ओटा प्रदेशका एक एक ओटा वडामा अभियानमा जोडिने पनि माओवादीले जनाएको छ ।

पार्टी पहिलो चरणको अभियान सकेर विधान सम्मेलनमा जाने , विधान सम्मेलनबाट अब पार्टीको कमिटि कत्रो बनाउने, कुन कमिटिमा कस्ता मान्छे अटाउने सम्मको निधो लगाउने र आन्तरिक चुनावी प्रतिस्पर्धाबाटै अब कमिटि चयन गर्ने पनि माओवादीले जारी केन्द्रीय समिति बैठकबाट निर्णय लिएको छ ।

रामकृष्ण अधिकारी

अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया