सोमबार, जेठ ७, २०८१

कांग्रेसको नाराबाजीपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

मेरोन्यूज २०८१ वैशाख २८ गते १६:३४

काठमाडौँ । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

Advertisement

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

बैठक शुरु भएपछि कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको प्रमाण रहेको भन्दै संसदीय छानबिन समिति गठन नभएसम्म संसद चलन नदिने घोषणा गरेको थियो । कांग्रेसको विरोधका बीच सभामुखले बैठक अगाडी बढाउन खोजेपछि कांग्रेससहितका विपक्षी सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।

प्रतिक्रिया