मंगलबार, वैशाख २५, २०८१

महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान

मेरोन्यूज २०७९ चैत १२ गते ११:२१

काठमाडौँ । गृहसचिव विननोदप्रकाश सिंहले नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । गृह मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा सचिव सिंहले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

Advertisement

दज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रममा नेपाली सेनाका रथी सिताराम खड्का , सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, गृह प्रवक्ता जितेन्द्र बस्नेतलगायतको उपस्थिति थियो ।

कुँवरलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठले महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेकव थियो ।

प्रतिक्रिया