आइतबार, जेठ ६, २०८१

रास्वपाले भन्यो- सहकारी समस्या सामाधान हुनुपर्छ तर छानबिन समिति स्वीकार्दैनौं

मेरोन्यूज २०८१ वैशाख २५ गते १२:३१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन आवश्यक नभएको निष्कर्ष निकालेको छ ।

Advertisement

मंगलबार बिहान सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा बसेको रास्वपाको संसदीय दलको बैठकले संसदीय छानबिन समिति गठनको औचित्य नभएको निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

सभापति रवि लामिछानेलाई मात्रै लिएर संसदीय छानबिन समिति बनाउने कुरामा आफूहरू सहमत हुन नसक्ने उनले बताए ।

यस्तै, बैठकले २८ गतेदेखि बस्ने सदनको बजेट अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा समेत छलफल गरेको रास्वपाले जनाएको छ ।

प्रतिक्रिया