आइतबार, जेठ ६, २०८१

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै

मेरोन्यूज २०८१ वैशाख २५ गते १३:४१

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । रामेछापको मन्थली नगरपालिका-३ स्थित  लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गर्न जाँदै गर्दा बेला मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ भएका हुन् ।

Advertisement

मुख्यमन्त्री जम्कट्टेलको प्रेसर कम भएको र अक्सिजन लेभल कम देखिएको बताइएको छ ।

सुनकोशी गाउँपालिकाको खाल्टेस्थित आत्मीय सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि मुख्यमन्त्री जम्कट्टेललाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै छ ।

प्रतिक्रिया