आइतबार, जेठ ६, २०८१

जनयुद्धको औचित्य पुष्टि गर्न अपरिहार्य छ : प्रधानमन्त्री

मेरोन्यूज २०७९ फागुन १ गते ९:४३


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको औचित्य पुष्टि गर्न अपरिहार्य रहेको बताएका छन् ।

Advertisement

सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा परिवर्तन ल्याउने प्रमुख आन्दोलन र त्यसको नेतृत्वले जनयुद्ध दिवसको औचित्य सिद्ध गर्दै ऐतिहासिक आवश्यक्तालाई मनन गरेर नै नेपाल सरकारको तर्फबाट जनयुद्ध दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिएको बताए ।

उनले आफूले यस पटकको सरकारको नेतृत्वलाई चुनौतिपूर्ण अवसरको रुपमा लिएको उल्लेख गर्दै असफल हुने छुट आफूलाई नरहेको बताए । सामाजिक न्याय, सुशासन र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नुको विकल्प नरहेको प्रधानमन्त्रीको भनाइ थियो । ‘केही समयदेखि संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा कयौं कोणबाट प्रश्न उठाउने कोसिस् भइरहेको छ ।

नयुद्धको औचित्य पुष्टि गर्नु अपरिहार्य छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘फेरि एक पटक नयाँ संकल्पसहित अघि बढ्नुपर्ने आवश्यक्ता छ । सबै माओवादी आन्दोलनका विभिन्न धाराका समूह एकतावद्ध भएर सामाजिक न्याय र रुपान्तरणको निम्ति अघि बढ्न मेरो आग्रह छ ।’

प्रधानमन्त्री प्रचण्डले कम्युनिष्ट र समाजवादी आन्दोलनका शक्तिहरुसँग पनि समाजवादी मोर्चा बनाएर जाने सैद्धान्तिक सहमति भइसकेको उल्लेख गर्दै छिटै पार्टी एकताको अर्को एउटा प्रक्रिया अघि बढ्ने बताए ।

प्रतिक्रिया