आइतबार, जेठ ६, २०८१

आज मुलुकभर ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा

मेरोन्यूज २०७९ फागुन १ गते ६:१९

काठमाडौँ । सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’ को अवसरमा मुलुकभर सार्वजनिक बिदा दिएको छ । तत्कालिन नेकपा माओवादीले जनयुद्धको सुरुवात गरेको अवसरमा मुलुकभर पहिलो पटक सार्वजनिक बिदा दिइएको हो ।

Advertisement

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पु¥याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।

विसं २०५२ फागुन १ गतेदेखि सुरू भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, सङ्घीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए ।

जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ । परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिको सम्मानमा सरकारले सार्वजनिक बिदा दिने निर्णय लिएको हो ।

यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक बिदा दिएको थियो ।

यसअघि बागमती र कर्णाली प्रदेशले जनयुद्ध दिववसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेका थिए ।

प्रतिक्रिया