आइतबार, जेठ ६, २०८१

जनयुद्धका सहिदको स्तम्भमा प्रधानमन्त्रीद्वारा माल्यार्पण

मेरोन्यूज २०७९ फागुन १ गते ९:१७

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनयुद्धका सहिदहरूको स्तम्भमा माल्यार्पण गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेर प्रधानमन्त्री प्रचण्डले सहिदहरूको स्तम्भमा पाल्यार्पण गरेका हुन् ।

Advertisement

माओवादीले सशस्त्र युद्धको शुरुवात गरेको दिन (फागुन १) आजलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको थियो । तर, अहिले भने सरकारले पहिलो पटक यस दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ ।

नेकपा (माओवादी केन्द्र)ले पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा कार्यक्रम आयोजना गरेको छ । माओवादीले वि.सं. २०५२ फागुन १ गतेदेखि सशस्त्र युद्ध शुरु गरेको थियो ।

युद्धका क्रममा राज्य र माओवादी पक्षबाट हजारौंको मृत्यु भएको थियो भने हजारौँ घाइते भएका थिए । शान्ति प्रक्रियापछि माओवादीले पटक–पटक सरकारको नेतृत्व गरे पनि यसवर्ष पहिलो पटक सरकारले नै जनयुद्ध दिवस मनाउन लागेको हो ।

प्रतिक्रिया