सोमबार, वैशाख १७, २०८१

चिनियाँ राष्ट्रपति सीद्वारा नेपालमा भएको विमान दुर्घटनाप्रति समवेदना व्यक्त

मेरोन्यूज २०७९ माघ ३ गते १७:३९

चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपालमा भएको विमान दुर्घटनाप्रति समवेदना सन्देश पठाएका छन् ।

आफ्नो सन्देशमा राष्ट्रपति सीले माघ १ गते पोखरामा भएको भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

दुर्घटनामा आफन्त गुमाउँने शोक सन्तप्त परिवारप्रति उनले चिनियाँ सरकार र जनताको तर्फबाट गहिरो समवेदना समेत व्यक्त गरेका छन्।

प्रतिक्रिया