सोमबार, वैशाख १७, २०८१

यि हुन् विश्वका १० धनी देश (सुचीसहित)

मेरोन्यूज २०७९ माघ ३ गते १४:२४

एक देशको सम्पत्ति सामान्यतया यसको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) द्वारा मूल्याङ्कन गरिन्छ, जुन, कुनै निश्चित अवधिमा कुनै देशको वस्तु र सेवाहरूको उत्पादन थपेर बनाइन्छ। यसलाई देशको सम्पत्ति देखाउने सूचकको रूपमा हेरिन्छ।

यो अर्थतन्त्र मापन गर्ने मापक हो जुन सबैभन्दा प्रसिद्ध र सबैभन्दा बढी प्रयोग गरिन्छ। यसमा सरकारले कति कर लिइरहेको छ र शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा सरकारले कति खर्च गर्न सक्छ भन्ने समेत थाहा हुन्छ ।

यद्यपि, यसमा पनि मानिसले प्रश्न उठाउँदै आएका छन् । तर यसैको आधारमा विश्वका १० धनी देशहरुको बारेमा जानकारी पाउन सकिन्छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष र भिजुअल क्यापिटलिस्टको अक्टोबर २०२२ को तथ्याङ्क अनुसार विश्वका दश धनी देशहरूको सूची यस्तो छः

संसारका १० धनी देशहरू
१०. इटाली, (१.९९ ट्रिलियन अमेरिकी डलर)
९. रूस, (२.११३ ट्रिलियन अमेरिकी डलर)
८. क्यानाडा, (२.२ ट्रिलियन अमेरिकी डलर)
७. फ्रान्स, (२.७७८ ट्रिलियन अमेरिकी डलर)
६. बेलायत, (३.११९ ट्रिलियन अमेरिकी डलर)
५. भारत, (३.४६९ ट्रिलियन अमेरिकी डलर)
४. जर्मनी, (४.०३१ ट्रिलियन अमेरिकी डलर)
३. जापान, (४.३०१ ट्रिलियन अमेरिकी डलर)
२. चीन, (१८.३२१ ट्रिलियन अमेरिकी डलर)
१. अमेरिका, (२५.०५३ ट्रिलियन अमेरिकी डलर)

-एजेन्सी

प्रतिक्रिया