सोमबार, वैशाख १७, २०८१

उत्तरी सेनेगलमा बस र ट्रक ठोक्किँदा १९ जनाको मृत्यु

मेरोन्यूज २०७९ माघ २ गते १८:०२

काठमाडौँ । उत्तरी सेनेगलमा सोमबार बस र ट्रक एकापसमा ठोक्किँदा १९ जनाको मृत्यु हुनाका साथै अन्य २० जनाभन्दा बढी घाइते भएका छन् ।

सेनेगलको केन्द्रीय काफ्रिन क्षेत्रमा एक हप्ताको बीचमा भएको यो अर्को ठूलो दुर्घटना हो । जहाँ जनवरी ८ मा भएको सडक दुर्घटनामा ४२ जनाको मृत्यु भएको थियो ।

दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ ।

प्रतिक्रिया