शनिबार, वैशाख २२, २०८१

सरकारको न्यूनतम कार्यक्रमको मस्यौदा : दुई वर्षभित्र सुकुम्बासी समस्या समाधान गर्ने (पूर्णपाठ)

मेरोन्यूज २०७९ पुष २२ गते २०:३७

काठमाडौँ । सरकारले स्वदेशी उत्पादन र उपभोगलाई प्रोत्साहन गर्दै मुलुक आर्थिक रुपमा आत्मनिर्भर बनाउँदै लैजाने अभियान चलाउने भएको छ । अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित सत्ता गठबन्धनको कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रमको मस्यौदामा यसबारे समेटिएको हो ।

Advertisement

यस्तै, सुकुम्बासीको समस्या समाधान गर्ने जनाएको छ । वैज्ञानिक भूमि व्यवस्थापन गरी सुकुम्बासीको समस्या समाधान गर्ने जनाएको हो ।

दुई वर्षभित्र सुकुम्बासी, मुक्त हलिया, मुक्त कमैया र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने, भूमि व्यवस्थाको संरचनामा अन्तरनिहीत समस्याहरूको दिगो समाधानका लागि राष्ट्रय भूमि आयोग गठन गर्ने,’ मस्यौदामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया