शनिबार, जेठ ५, २०८१

कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु

मेरोन्यूज २०८१ वैशाख २२ गते २१:३६

कैलाली । कैलालीको गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका–५ लालीगुराँस टोलकी ४१ वर्षीया लक्ष्मी सिजापती रहेको जनाइएको छ ।

Advertisement

घर नजिकै रहेको शिवशक्ति सामुदायिक वनमा माटो खन्नेक्रममा माटोको ढिस्कोमा च्यापिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले जानकारी दिए । सिजापतीको शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको उनले बताए ।

प्रतिक्रिया