शनिबार, जेठ ५, २०८१

महिनावारी हुने उमेर पुगेका महिलालाई स्यानिटरी प्याड खरिद गर्न बार्षिक १५ सय उपलब्ध गराउने

मेरोन्यूज २०७९ पुष २२ गते २०:५०

काठमाडौं । सरकारले महिनावारी हुने उमेर पुगेका सम्पूर्ण महिलालाई स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिद गर्न बार्षिक एक हजार ५ सय रुपैया उपलब्ध गराउने भएको छ । सरकारको न्यूनतम साझा कार्यक्रममा यो विषय समेटेर सरकारले कार्यक्रम घोषणा गर्न लागेको छ ।

Advertisement

यधपी, यसका लागि सरकारले आगामी बजेटमा त्यससम्वन्धी ब्इवस्था गरेपछि मात्र कार्यान्वयनमा लैजाने गरी कार्यक्रम घोषणा गर्न लागेको छ । एमालेले चुनावका बेला महिनावारी हुन उमेर पुगेका महिलालाई स्यानिटरी प्याड खरिदका लागि बार्षिक १५ सय उपलब्ध गराउने कार्यक्रम चुनावी घोषणापत्रमा उल्लेख गरेको थियो ।

यसलाई सरकारको साझा न्यूनतम कार्यक्रम बनाउन गठित मस्यौदा कार्यादलले कार्यक्रममा समेटेको छ ।

अव शीर्ष नेताहरुले यो कार्यदलले बनाएको मस्यौदालाई अन्तिम रुप दिएर सार्वजनिक गरेपछि सरकारले यसका लागि बजेट बिनियोजन गरेर कार्यक्रम घोषणा गर्नेछ ।

प्रतिक्रिया