शुक्रबार, वैशाख २८, २०८१

टेलिकमको ‘फाइभ-जी’को परीक्षण स्थगित

मेरोन्यूज २०७९ पुष १७ गते १३:०९

काठमाडौं । नेपाल टेलिकमको ‘फाइभ-जी’को परीक्षण स्थगित भएको छ । पूर्वनिर्धारित तालिकाअनुसार आज १७ पुसदेखि ‘फाइभ-जी’को परीक्षण परीक्षण सुरू हुने टेलिकमले जनाएको थियो ।

Advertisement

टेलिकमले चलाउने प्रणाली अनुरुप फाइभजी चल्ने मोबइलको संख्या न्युन् देखिएपछि ट्रायल स्थगित भएको हो ।

टेलिकमले फाइभ-जीको परीक्षणको लागि आन्तरिक रुपमा तयारी अन्तिम चरण्मा पुर्‍याएपनि केही प्राविधिक विषयका कारण फाइभ-जीको ट्रायक स्थगन भएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

‘हामीले परीक्षण गर्न लागेको २६ सय मेगाहर्ज ब्यान्डविथको फ्रिक्वेन्सीमा चल्ने मोइबल डिभाइस नै ज्यादै न्युन संख्यामा भेटियो,’ उनले भने, ’त्यसका कारण पनि हामीले परीक्षण केही पछि लगेका हौं ।’ टेलिकमले १ जनवरीबाट फाइभ-जी परीक्षण गर्न भन्दै तयारी गर्दै आएको थियो ।

प्रतिक्रिया