शुक्रबार, वैशाख २८, २०८१

मोरङमा त्रिकोत्मक भिड्न्त : कसरले मार्ला बाजी ?

सञ्जिता खनाल २०७९ कार्तिक २८ गते १०:३५


मोरङ । मंसिर ४ गते आउँन मात्र अब मात्र ६ दिन बाँकी छ । आआफ्नो निर्वाचन क्षेत्र र जिल्लामा राजनीतिक दल तथा तिनका उम्मेदवारहरु चुनावी एजेन्डासहित घर घर मा पुगेका छन् । मोरङ जिल्लामा छ वटा निर्वाचन क्षेत्र रहेका छन् । मोरङमा अन्य निर्वाचन क्षेत्र जस्तै क्षेत्र नम्बर ३ को चुनावी प्रतिस्पर्धा र गतिविधिलाई निकै उत्सकुतापूर्वक हेरिएको छ । मोरङको क्षेत्र नम्बर ३ मा मुख्य तीन नेताबीच त्रिकोत्मक भिड्न्त हुने देखिएको छ ।
सत्ता गठबन्धनले नेपाली काँग्रेसका नेता एवम् नोबेल मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्मा, नेकपा एमाले नेता भानुभक्त ढकाल र राष्ट्रिय प्रजान्त्र पार्टी (राप्रपा)ले अभिनेत्री एवम् नेता रेखा थापाबीच त्रिकोणात्मक प्रतिष्पर्धा हुने देखिएको छ । शर्माले गाउँपिच्छे स्वास्थ्य शिविर दोहो¥याइ, तेहे¥याइ गरिसके, आफ्ना क्षेत्रका स्थानीयलाई निःशुल्क उपचार गर्दै आइरहेका छन्।
कांग्रेसका उम्मेदवार सुनिल शर्माले स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताउँछन् । “अघिल्लो चुनावमा थोरै मतले मात्रै हारेँ, यसपटक गठबन्धनसमेतको साथ रहेकाले दोब्बर मतले जित्छु,” शर्माले भने ।
अघिल्लो निर्वाचन २०७४ मा बाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका ढकालले कांग्रेसबाट उम्मेदवार बनेका डा.शर्मालाई पराजित गरेका थिए । उनी १ हजार ९०५ मतले पराजित बनेका थिए ।
अघिल्लो निर्वाचनमा ९१ हजार ६ सय ६ मतमध्ये ढकालले ४२ हजार चार सय १३ मत ल्याई विजयी बनेका थिए । भने डा. शर्माले ४० हजार पाँच सय छ मत ल्याएका थिए । अहिले यीनै दुई नेताबीच पुन कडा प्रतिष्पर्धा हुदैछ । तर यो निर्वाचनमा भने परिस्थितिले कोल्टे फेरेको छ । अर्थात यो पटक त्रिपक्षीय भिडन्त हुँदैछ। ढकालले कानुन र स्वास्थ्य मन्त्रालय सम्हाल्ने अवसर पाए । उनी कोरोना महामारीको समयमा कोरोना परीक्षण गर्ने किट (आरडीटी) ओम्नी लाई दिएको त्यसबाट कमिसन खाएको आरोप छ । उनले अघिल्लो निर्वाचनमा सुकुम्बासी समस्या गर्ने भनेको बाचा पुरा नगरेको स्थानीहरु बताउँछन् । दलभित्रको आन्तरिक किचलो,पार्टी फूटको छिटाले अहिले निर्वाचनमा ढकाललाई जित हासिल गर्न निकै सकस पर्ने स्थानीयहरु बताउँछन् ।
एमालेका उम्मेदवार ढकालले अघिल्लो पटक जितेर मन्त्री बन्दा महत्वपूर्ण कानुन बनाउनै धेरै समय लागेको र अधुरा काम पूरा गर्ने योजना रहेको बताउँदै यस पटक पनि सहजै आफ्नो जित रहने स्थानीय हेमराज चापागाई बताउँछन् । ५ वर्षअगाडि निर्वाचनको मैदानमा निस्किँदा उम्मेदवारहरूले जनताका समस्यालाई मद्देनजर गर्दै एजेण्डाका थाक लिएर घरदैलोमा पुग्दा भूमिहीन, सुकुम्बासी, बेराजगारीको समस्याले वर्षौंदेखि पिल्सिएका जनताको आँखामा केही आशा पलाएको थियो।
सोहीअनुसार स्वास्थ्य, शिक्षाका विषयलाई थाँती राख्दै सुकुम्बासी समस्या समाधानको विषयलाई प्राथमिकतामा राखेर ३ नम्बर क्षेत्रका जनताले मत दिएर ढकाललाई जिताए तर एजेण्डाअनुसार उनले काम नगरेको मतदाताको गुनासो छ। तर सुकुम्बासी समस्या समाधानका लागि आफूहरूले आयोग बनाएको तर गठबन्धन सरकारले अपदस्त गरेर कामै गर्न नदिएको ढकाल बताउँछन् ।
यता, राप्रपाकी उम्मेदवार थापा भने पहिलो पटक चुनाव लड्दैछिन् । थापाले यो पटक आफुलाई मत दिएर जिताए यो क्षेत्रमा शिक्षा, अघिल्ला चुनावमा जितेका सांसदले काम नगरेपछि आफू जन्मभूमि फर्किएर उम्मेदवार बनेको थापाले बताईन् ।
घरदैलो र जनतासँग भेटघाटलाई तीव्रता दिएकी थापा संगठन कमजोर भए पनि मतदाताको मन जिति सकेको समेत उनको भनाई छ । कांग्रेस र एमालेबाट असन्तुष्ट रहेकाहरूको मत थापाले काट्ने छिन् । थापाको जन्मथलो यही क्षेत्रमा भएकी उनले मतदातालाई रिझाउन गरिरहेको प्रयासले शर्मा र ढकाललाई चुनौती थपिने देखिन्छ ।

Advertisement

स्थानीय तहको मतलाई हेर्दा
वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा वडाध्यक्षले ल्याएको मत सङ्ख्या हेर्दा सत्ता गठबन्धनको मत बढी देखिएको छ । स्थानीय निर्वाचनमा खसेको कुल सदर मत ८९५६२ मत मध्ये एमालेको ३७ हजार ४१० र जनता समाजवादी पार्टीको ४६३ मत आएको थियो। जसपा–एमाले गठबन्धनमा ३७ हजार ८७३ मत देखिएको छ।
सत्ता गठबन्धनको कूल मत ४६ हजार १४१ मत रहेको छ ।जसमा कांग्रेसको ३६ हजार ९ सय १६, माओवादीको ७ हजार ३ सय ७३, एकीकृत समाजवादीको १ हजार ८ सय ५५ मत रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को २ हजार १२१ मत छ । यस्तै अन्य उम्मेदवारले ३ हजार ४२४ मत पाएका छन्।
इस क्षेत्रमा सङ्घ र प्रदेशमा गरी ३३ जना उम्मेदवार चुनावी मैदानमा छन् । तीमध्ये १९ जना स्वन्तन्त्र उम्मेदवार छन् ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया