शुक्रबार, वैशाख २८, २०८१

पाँचथरमा आङ्देम्बे र नेम्वाङबीच भिड्न्त, कसले मार्ला बाजी ?

सञ्जिता खनाल २०७९ कार्तिक १७ गते १२:३३


काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सरगर्मी बढेको छ । उम्मेदवारहरू मतदाता रिझाउन घरदैलोमा व्यस्त छन् । प्रतिनिधि सभा सदस्यका लागि पुर्वी पहाडको पाँचथरका दुई ‘हेभी वेट’ नेताहरुबीच दोस्रो पटक भिड्न्त हुने भएको छ ।

Advertisement

लोकतान्त्रिक सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सह-महामन्त्री भीष्मराज आङ्देम्बे र एमाले–राप्रपा गठबन्धनबाट एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बसन्तकुमार नेम्वाङ चुनावी मैदानमा होमिएका छन् । आङ्देम्बे कांग्रेसभित्रका प्रभावशाली नेताका रुपमा चिनिन्छन् । आङ्देम्बे उम्मेदवार बनेको सत्ता गठबन्धनभित्र पाँचथरमा कांग्रेस,नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) मात्र छन् ।

नेम्वाङ पनि प्रदेश १ मा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वासका पात्रका रुपमा चिनिन्छन् । आङ्देम्बे र नेम्वाङबीच २०७४ सालमा पहिलो पटक चुनावी भिड्न्त भएको थियो । उक्त समयमा आङदम्बे पराजित भएका थिए । आङ्देम्बेलाई वाम गठबन्धनको संयुक्त उम्मेदवार नेम्वाङले १० हजार ६१६ मतले आङदम्बेलाई पराजित गरेका थिए । आङदम्बेले २८ हजार २५ मत प्राप्त गरेका थिए भने ३८ हजार ६ सय ४१ मतसहित नेम्वाङ विजयी बनेका थिए ।

तर अहिले एमाले फुटको असर पाँचथरमा पनि देखिएको छ । एमालेबाट फुटेको एकिकृत समाजवादी सत्ता गठबन्धनमा छ ।
गएको स्थानीय तहको मत हेर्दा सत्ता गठबन्धनले ४२ हजार ९७० मत पाएको छ । भने एमाले -राप्रपा गठबन्धनले ३२ हजार ६ मत पाएको छ । जसमा गठबन्धन १० हजार ९६४ मतले अगाडी छ । यही मतले पनि यो पटक आङदम्बेलाई चुनाव जित्न सहज देखिएको छ ।
एमालेले चुनावको बेला मात्र विकासको नारा लगाएर जनता झुक्याउँने काम गरेको आङदम्ब बताउँछन् । आङदम्बेले पाँचथरका जनताले योपटकको निर्वाचनमा परिवर्तन, विकास र पाँचथरलाई राष्ट्रियस्तरमा चिनाउने गरी मतदात गर्ने आफु ढुक्क रहेको बताए । उनले भने ‘यो पटक पाँचथरका जनताले छान्ने प्रतिनिधि कांग्रेसकै हुन्छ ।’

आङदम्बेका अनुसार पाँचथर जिल्लाले नेतृत्व नपाएको होइन । नेतृत्व गर्ने ठाउँ पनि नपाएको होइन । तर, नेतृत्व पाइसकेपछि नेतत्वले पाँचथर जिल्लालाई समृद्धितर्फ लैजाने सशक्त मन्त्रालय पाउँदापाउँदै पनि पाँचथर बत्तीमुनिको अँध्यारोजस्तो देखियो र अन्य जिल्लाहरूले विकास निर्माणमा धेरै फड्को मार्दा पनि पाँचथर हिलाम्मे हुनुपरेको आङदम्बेको भनाई छ । आङदम्बे पहिलो पटक वि.स २०७० सालमा पहिलो पटक सांसद बनेका थिए ।
यता, एमालेका उम्मेदवार नेम्वाङले आफु पहिलो पटक पाँचथरको सासद हुँदादेखि पाँचथरमा सडक निर्माण, यातायात विकास, पर्यटन क्षेत्र सुधार्ने, रोजगारी सिर्जनाका काम गदै आएको हुदाँ यो पटक चुनाव आफुले जित्ने बताउँछन् । उनले भने, ‘पहिलो पटक सासंद बन्दा नै काम गरेको हुदाँ मलाई पाँचथरका जनताले तीन पटक सांसद बनाएका हुन् ।अब चौंथो पटक पनि आफुलाई सांसदमा पाँचथरका जनताले बनाउँछन् । ’उनी वि.स.२०४८, २०५६ र २०७४ मा सांसद बनेका थिए ।
नेम्वाङ २० महिना भौतिक पुर्वाधार यातयातमन्त्री बन्दातमोर कोरिडोरमा भइरहेको कालोपत्रे, फिदिम रंगशाला स्तरोन्नतिसँगै जोरपोखरी–फालोटसम्मको सडकका लागि बजेट विनियोजन गराएपनि त्यसको कार्यान्वयन भने नगरेको स्थानीयहरुको आरोप छ ।
आठ पालिकाको स्थानीय तहको मत फकेर हेर्दा
स्थानीय तहको मतलाई आधार मान्ने हो भने गठबन्धनको मत जोड्दा भने नेम्वाङभन्दा आङ्देम्बे अगाडि देखिन्छन् ।
स्थानीय चुनावमा जिल्लाका ८ पालिकामध्ये ६ पालिका कांग्रेसले जितेर पहिलो दल बनेको छ भने एमाले र माओवादीले एक–एक पालिका जितेका छन् । कांग्रेसले फाल्गुनन्द, तुम्बेवा, फालेलुङ, कुम्मायक, र हिलिहाङ गाउँपालिकासहित फिदिम नगरपालिका जितेको थियो । त्यस्तै,माओवादीले मिक्लाजुङ गाउँपालिका र एमालेले याङवरक गाउँपालिकामा जित निकालेको थियो । एमालेका वडाध्यक्षका उम्मेदवारले यो क्षेत्रमा ३० हजार ९ सय ५८ मत प्राप्त गरेका थिए । कांग्रेसले २५ हजार ६५ मत प्राप्त गर्दा माओवादीले ११ हजार ८०८, जसपाले २ हजार ६ सय ४३, नेकपा एसले २ हजार १ सय ६१ र राप्रपाले १ हजार ९ सय ९ मत प्राप्त गरेका थियो ।
कुन पालिकामा कसको कति मत ?
गएको स्थानीय तहमा पाँचथरमा याङवरक गाउँपालिकामा सत्ता गठबन्धनले ४,२८५ मत पाएको थियो । भने नेकपा एमाले राप्रपा ३,९९४ मत पाए भने संङघीय लिम्बुवान मञ्चले ७७ मत पाएको थियो ।
हिलिहाङ गाउँपालिकामा सत्ता गठबन्धनले ४,४१९ मत पायो । भने नेकपा एमाले राप्रपा ४,६५० मत पाएको थियो । लिम्बुवान मञ्चले ४३ मत ल्याएको थियो ।
फालेलुङ गाउँपालिकामा सत्ता गठबन्धनले ६००८, मत पाएको थियो । भने एमाले राप्रपा १,८९० मत, संघिय लिम्बुवान मञ्चले २२२ र मंगोल नेशनल अर्गनाईजेसनले १३१ मत पाएको थियो ।
फिदिम नगरपालिकामा सत्ता गठबन्धनले ७,६४८,एमाले राप्रपा ८,३३९, मांगोल नेशनल अर्गनाईजेसन २३१,लिम्बुवान मञ्च ३७ मत पाएको थियो ।
फाल्गुन्द गाउँपालिकामा सत्ता गठबन्धनले ६,२४० मत, एमाले राप्रपा ४,२६०, लिम्बुवान मञ्च ४४,राष्टिय जनमुक्ति पार्टी १७,मंगोल नेशनल अर्गनाईजेसन ५ मत पाएको थियो । कुम्मायक गाउँपालिकामा सत्ता गठबन्धन ३,०६८ मत पाएको थियो ।भने नेकपा एमाले ३०५३, संघिय लिम्बुवान मञ्च लिम्बुवान २९ मत पाएको थियो ।
तुमबेवा गाउँपालिकामा सत्ता गठबन्धन २,८०१,नेकपा एमाले २,३११,संघिय लिम्बुवान मञ्च लिम्बुवान ३३ मत पाएको थियो ।
मिक्लाजुङ गाउँपालिकामा सत्ता गठबन्धन ६,४६८ नेकपा एमाले राप्रपा ३,८१७ मंगोल नेशनल अर्गनाईजेसन १९ संघिय लिम्बुवान मञ्च लिम्बुवान १६ मत पाएको थियो ।

आगामी निर्वाचनमा यी दुई ‘हेभी वेट’मा कसको पल्लाभारी त्यो हेर्न बाँकी नै छ ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया