शनिबार, वैशाख २९, २०८१

बल्खुमा मोटरसाइकलको ठक्करबाट दुई जना पैदलयात्री घाइते

मेरोन्यूज २०७९ असोज २ गते ११:१४

काठमाडौं । काठमाडौंको बल्खुमा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट दुई जना पैदलयात्री घाइते भएका छन् ।

Advertisement

घाइते हुनेमा धनुषाको जनकपुर–१० घर भई हाल बल्खु बस्ने १५ वर्षीय हलचल अन्सारी र महोत्तरीको तनुहा–१० घर भई हाल बल्खुमै बस्दै आएका १८ वर्षीय प्रमेश्वर कुमार साह रहेका छन् ।

दुवै घाइतेको बल्खु स्थित बयोद्या अस्पतालमा उपचार भईरहेको छ । घाइते मध्ये अन्सारीको अवस्था गम्भरि रहेको प्रहरीले जनाएको छ ।

बा १ ब ९२९९ नम्बरको मोटरसाइकलले हिजो बेलुकी करिब सवा ८ बजे पैदलयात्रीद्धयलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा संलग्न चालकले मदिरा सेवन गरेको पाइएकोले उनलाई सवारी साधन सहित प्रहरी वृत्त कालीमाटीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया