मंगलबार, वैशाख २५, २०८१

क्यूएफएक्स सिनेमा र खल्तीबीच सहकार्य

मेरोन्यूज २०७९ भदौ १६ गते १८:४३

क्यू एफ एक्सले आफ्ना ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले खल्तीसँग ३ वर्षे सहकार्य सम्झौता गरेको छ । उक्त सम्झौताअन्तर्गत अब क्यूएफएक्सका ग्राहकहरुले क्यूएफएक्सको एप÷वेबका साथै खल्ती मार्फत् क्यूएफएक्सको मुभी टिकट ५० सेकेन्डमै खरिद गर्न सक्ने छन् । यो खल्तीका ग्राहकका लागि पनि उपलब्ध हुनेछ र यो सुविधा विशेष गरी खल्तीको एपमा मात्र उपलब्ध रहेको छ ।

Advertisement

यसअघि क्यूएफएक्सको मुभी टिकट खरीद क्यूएफएक्सकै वेब साइट लग इन गरी वा क्यूएफएक्सको एपबाट मात्र गर्न सकिन्थ्यो । यो साझेदारी पश्चात क्यूएफएक्सका ग्राहकहरु र खल्ती प्रयोगकर्ताले सीधै खल्ती एपमार्फत मुभी टिकट खरिद गर्न सक्ने छन् । साथै क्यूएफएक्सको एप/वेबबाट पनि टिकट खरिद गरी खल्तीबाट पनि भुक्तानी गर्न सकिने छ । भाद्र १ गतेदेखि लागु भएको यो सुविधासँगै क्यूएफएक्सका ग्राहकहरु र खल्ती प्रयोगकर्ताले यसरी टिकट खरिद गरेर क्यूएफएक्सको लोयल्टी पोइन्ट् र खल्ती पोइन्टस् पनि प्राप्त गर्ने छन् ।

खल्ती एपभित्र गई आफूले हेर्न चाहेको मुभी, उपलब्ध क्यूएफएक्स हल, समय र सिट सजिलै केही ट्यापमै छनौट गर्न सकिन्छ । र, आफ्नो टिकट खरिद गरेपश्चात क्यूएफएक्सको गोजी लोयल्टी पोइन्ट्स र खल्ती पोइन्ट्स पनि प्राप्त हुनेछ । साथै खल्तीमा आफ्नो बैंक लिंक गरी प्रयोगकर्ताले खल्ती लोड नगरी सीधै बैंक खाताबाटै भुक्तानी प्रक्रिया पूरा गर्न सक्ने छन् ।

यस सेवाको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “खल्तीलाई हामी हरेक नेपालीको जीवन शैलीको रूपमा स्थापना गर्ने उद्देश्यका साथ अघि बढिरहेको छौं । मनोरंजन क्षेत्रमा पनि क्यूएफएक्स जस्तो प्रचलित सिनेमा हलसँग सहकार्य गर्न पाउँदा हामी निकै खुशी छौं । खल्ती र क्यूएफएक्स बिचको यस साझेदारीले मुभी टिकट खरिद प्रकृयालाई अझै सहज बनाउने र यसले चलचित्र प्रेमीहरू माझ निकै हर्ष छाउने आशा राख्दछौँ ।”

यसैगरी यस सेवाको बारेमा बोल्दै क्यूएफएक्सका महाप्रबन्धक प्रशंसा पाण्डेले भनिन्, “क्यूएफएक्सले सधैँ ग्राहकहरुको सिनेमा हेर्ने अनुभवलाई प्राथमिकता दिँदै आएको छ, हामी आशा गर्छौं कि खल्तीसँगको यस सहकार्यले हाम्रा सिनेमा प्रेमी ग्राहकहरुलाई थप सुविधा दिनेछ ।

नेपालको फिनटेक उद्योगमा खल्तीले आफूलाई युवा, प्रचलित र नवीन ब्राण्डको रुपमा स्थापित गर्न सफल भएको छ । करिब ६ वर्षको अवधिमा खल्तीले देशभर २० लाख भन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरु साथमा ५० हजार एजेन्ट नेटवर्कको प्रयोगकर्ताहरु बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाइन सपिङ्ग साइटमा भुक्तानी गरी यी सेवाहरुको डिजिटल भुक्तानी सेवा उपलब्ध गराई अनलाइन व्यवसायलाई प्रोत्साहन दिई आएको छ ।

प्रतिक्रिया