मंगलबार, वैशाख २५, २०८१

८८४८ राइ भोड्काको विशेष संस्करणमा बोटल सार्वजनिक

मेरोन्यूज २०७९ भदौ १६ गते १७:३९

काठमाडौँ । यती डिस्टिलरी प्रा.लि.काे नयाँ उत्पादन, ८८४८ राइ भोड्का, प्रसिद्ध कलाकार छिरिङ शेर्पाको चित्रकलाले सजिएको विशेष संस्करण बोटलमा गौरवका साथ सार्वजनिक गरेको छ ।

Advertisement

शेर्पाका चित्रकला छापिएका ८८४८ राइ भोड्काको नयाँ कालो बोटल मात्र ३० हजारको सिमित संख्यामा उत्पादन भएका छन् । यो, ८८४८ राइ भोड्काको औपचारिक साझा सुरुवात पनि हो ।

सन् १९६८ मा काठमाडौमा जन्मेका शेर्पा अन्तर्राष्ट्रिय स्तरमा सम्मान आर्जन गरेका समकालीन कलाकार हुन् । उनका चित्रकला विश्वका विभिन्न प्रतिष्ठित ठाउँहरुमा प्रदर्शन भएका छन् । यसै वर्ष, २०२२ मा, शेर्पा भेनिस बिएन्नालेमा नेपालको प्रतिनिधित्व गर्ने पहिलो कलाकार बने । अहिले, भर्जिनिया म्युजियम अफ फाइन आर्टस् (भीएमएफए)मा उनको पहिलो एकल म्युजियम प्रदर्शनी भइरहेको छ ।

“हाम्रो यो नयाँ ८८४८ राइ भोड्का सार्वजनिक गर्ने अवसरलाई केही फरक र अर्थपूर्ण बनाउनु पर्छ भन्ने हाम्रो सोच थियो,’ शेर्पासँगको सहकार्यको बारेमा यती डिस्टिलरीका प्रबन्ध निर्देशक अभिषेक श्रेष्ठ भन्छन् । “त्यसैले यो अवसरलाई नेपालका एक उल्लेखनीय कलाकारलाई आम समाजमा अगाडी ल्याउनुका साथै हाम्रो देशमा ललितकला क्षेत्र कसरी विकास भइरहेको छ, त्यसमा पनि सबैको ध्यान आकर्षित गराउने मौका रूपमा प्रयोग गर्ने निधो गयौं,’ उनले भने ।

‘हिमालयको मनोभाव’ शीर्षक राखी आफूले यो सहकार्यको लागी बनाएको कलाकृतिबारे शेर्पा भन्छन्, ‘यो चित्र हाम्रो हिमाली भेगका विविधताले भरिएका संस्कृतिहरूको एक सत्कार हो, ती विभिन्न संस्कृतिका भावनाहरूलाई नेपालका विश्वव्यापी प्रतीक बनेका हिमाली चुचुराहरुसँग एकाकार गर्दै ती आवाजको सम्मान गर्न चाहेको हुँ ।’

‘मैले थाङ्का कलाको रंग र ढाँचा जोडेर हिमालहरुको एउटा चित्र सिर्जना गरे । यो फ्युजनले हिमाली क्षेत्रको साझा मनोभाव हाम्रो संस्कृतिकोर हाम्रो भूमिको मिश्रणको रुपमा चित्रण गर्दछ । त्यो एकता विलाएर जाँदैछ भनेर देखाउन यो चित्र माथिबाट तलतिर ऐनामाझै उल्टो प्रतिबिम्बित गरिएको छ, बिम्बले विश्वव्यापी जलवायुमा आएका अकस्मात परिवर्तनका कारण हाम्रा वातावरणीय र संस्कृतिक दुवै खाले सम्पदाको अनिश्चित भविष्यको संकेत पनि गर्छ,’ शेर्पाले भने ।

विश्वव्यापी समकालीन नेपाली कला देखाउनुको साथै यो सहकार्यको उद्देश्य थाङ्का चित्रकलाका परम्परागत तरिका र अभ्यासहरू सिकिरहेका विद्यार्थीहरूलाई सघाएर स्थानीय कलाक्षेत्रलाई सहयोग गर्नु पनि हो । यो सहकार्य र यसको विस्तृत लक्ष्यबारे शेर्पा भन्छन्, ‘एउटा कलाकारको रूपमा धेरै र फरकफरक मान्छे अगाडि पुग्न पाउनु मेरो लागि ठूलो अवसर हो, यो साझेदारीमार्फत मेरो शुल्कको एउटा हिस्सा नेपालको हिमाली क्षेत्रको कला संरक्षण र त्यसको उत्थानमा क्रियाशील गैरनाफामूलक संस्था हिमालयन आर्ट इनिसिएटिभ (एचएआई)को शैक्षिक कार्यक्रममा जाने भएकाले म खुसी छु ।’

‘छिरिङको कामलाई विश्वभर प्रशंसा गरिएको छ र ती कामले हामी हरेकसँग सम्बन्धित कथा भन्छन्, हामी यो सहकार्यले अर्को पुस्ताका कलाकारको लागि पनि मार्ग प्रदर्शन गर्ने अपेक्षा गर्दछौं,’ श्रेष्ठले भने ।

नयाँ ८८४८ राइ भोड्का पोल्यान्डमा उब्जिएको अन्न राइबाट पाँचपटक डिस्टिल गरी बनाइएको छ । पोल्यान्डको परम्परागत भोड्का उत्पादन प्रविधि प्रयोग हुने यो प्रक्रियामा विभिन्न तत्वको मिश्रण एक अद्वितीय डिस्टिलेसन प्रक्रियाबाट गुज्रिन्छ । यो भोड्कामा कालो मरिचको हल्का बासना आउँछ र ड्राई फिनिस दिन यसमा प्राकृतिक स्रोतको पानी मिसाइन्छ ।

‘८८४८ राइ भोड्का नेपाली मदिरा उद्योगमा नयाँ उत्पादन हो । हामीलाई विश्वास छ पारखीहरुले नयाँ स्वाद मन पराउनु हुने छ,’ अभिशेक श्रेष्ठले भने । ८८४८ राइ भोड्का चाँडै नै सार्वजनिक हुने छ ।

यती डिस्टिलरीबारे

यती डिस्टिलरी प्रा.लि. नेपालको प्रमुख मदिरा कम्पनीमध्ये एक हो । यो कम्पनीको उत्कृष्ट पोर्टफोलियोमा ओल्ड दरबार ह्विस्की, ८८४८ भोडा जस्ता प्रिमियम ब्रान्डहरु छन् ।

कलाकारबारे

छिरिङ शेर्पा सन् १९६८ मा काठमाडौँमा जन्मेका हुन् । अहिले उनी नेपाल र क्यालिफोर्निया दुवै ठाउँमा काम गर्छन् । उनले १३ वर्षको उमेरदेखि नै आफ्ना बाबु मास्टर उर्गेन दोर्जीबाट परम्परागत तिब्बती थाङ्का पेन्टिङ सिके ।

सन् १९९८ मा शेर्पा क्यालिफोर्निया बसाइँ सरे । त्यहाँ उनले आफ्नै शैलीको अन्वेषण सुरु गरे । शेर्पाको शैली हिमाली डायस्पोराभित्र उनको आफ्नै अनुभव र हिमाली क्षेत्रका मानिसहरूको फिरन्तुइतिहासबाट उत्पन्न भएको हो ।

शेर्पाले एसिया, युरोप र अमेरिकाका थुप्रै प्रदर्शनीहरुमा भाग लिएका छन् । सन् २०२२ मा भेनिस बिएन्नालेमा उनी नेपालको प्रतिनिधित्व गर्दै सहभागी भए । उक्त भेनिस बिएन्नालेमा यो नै नेपालको पहिलो सहभागिता थियो । उनका चित्रकला प्रतिष्ठितम्युजियमका कलेक्सनमा समावेश छन् ।

सन् २०२२ को फेब्रुअरीमा द भर्जिनिया म्युजियम अफ फाइन आर्टस्ले उनका अहिलेसम्मका कृतिहरु समावेश गरी उनको पहिलो रेत्रोस्पेक्टिभ प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया