शुक्रबार, वैशाख २८, २०८१

२३० दिनमा माओवादीले पायो पदाधिकारी

यी हुन् माओवादी केन्द्रका २१ पदाधिकारी (सूचीसहित)

महासचिवमा देव गुरुङ सर्वसम्मत, महासचिव दावी गरिरहेका नेताहरु उपमहासचिवमा थन्किए

मेरोन्यूज २०७९ भदौ ४ गते १५:२७

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको महाधिवेशन सकेको २३० दिनपछि बल्ल पदाधिकारी टुंग्गो लगाएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुंग्गो लगाएको हो ।

Advertisement

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीको प्रस्ताव बैठकमा गरेका थिए । बैठकले त्यसलाई अनुमोदन गरेपछि माओवादीले पदाधिकारी पाएको हो । माओवादीको आठौं महाधिवेशन गत पुस ११ देखि १८ गतेसम्म काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न भएको थियो ।

शनिबार सम्पन्न स्थायी समितिले पार्टीको सर्वाधिक चासोका साथ हेरिएको महासचिवमा देव गुरुङ सर्वसम्मत भएका छन् । उनी माओवादी केन्द्रमा चौथो वरियतामा थिए । महासचिवका लागि वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्मा ‘प्रभाकर’का बीचमा तीव्र प्रतिस्पर्धा भएपछि र एकले अर्काेलाई नछाडेपछि प्रचण्डले मध्यमार्गी प्रस्तावका रुपमा देव गुरुङलाई महासचिवमा अगाडि सारेका हुन् ।

माओवादीले २१ जनाको पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, एक जना उपाध्यक्ष एक जना महासचिव, ७ जना उपमहासचिव, ९ जना सचिव र एक जना कोषाध्यक्ष बनाएको छ । जसअनुसार, अध्यक्षमा प्रचण्ड, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा यस अगाडी नै सर्वसम्मत भईसकेका थिए ।

महासचिवमा देव गुरुङ चयन भएपछि महासचिवका आकांक्षी नेताहरु उपमहासचिवमा थन्किएका छन् । उपमहासचिवमा बर्षमान पुन, जर्नादन शर्मा, पम्फा भुसाल लगायतका नेताहरु समेटिएका छन् ।

यी हुन् माओवादी केन्द्रका पदाधिकारीको सूची

अध्यक्ष : पुष्पकमल दाहाल ‘प्रचण्ड’

वरिष्ठ उपाध्यक्ष : नारायणकाजी श्रेष्ठ ‘प्रकाश’

उपाध्यक्ष : कृष्णबहादुर महरा

महासचिव : देव गुरुङ

उपमहासचिव : वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव,हरिबोल गजुरेल

सचिव :  दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की

कोषाध्यक्ष : श्रीराम ढकाल प्रशान्त

प्रतिक्रिया