सोमबार, वैशाख १७, २०८१

चार सचिवहरुको सरुवा, शिक्षा सचिवमा सुवेदी

मेरोन्यूज २०७९ साउन २ गते १५:२०
सचिव रामकृष्ण सुवेदी

काठमाडौं । सरकारले चार जना सचिवको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सचिवहरूको सरुवा गरेको हो ।

उपराष्ट्रपतिको कार्यालयमा रहेका रामकृष्ण सुवेदीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।

कर्णाली प्रदेश सचिव राजकुमार श्रेष्ठको लोक सेवा आयोग र कर्णालीमा डा.गोपी खनाललाई पठाइएको छ ।

प्रतिक्रिया