शुक्रबार, वैशाख २८, २०८१

चिनियाँ बाँकी टोली भोलि फर्किदै

चिनियाँले यसपटक किन भेटे एमाले -माओवादीका कार्यकर्ता ?

सधैं शीर्ष नेताहरु भेट्दै आएको चिनियाँ टोलीको नेपालका कम्युनिष्ट पार्टीका स्थानीय नेता - कार्यकर्ता भेटघाटको प्राथमिकतामा

रामकृष्ण अधिकारी २०७९ असार ३२ गते १९:५२

काठमाडौं / चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ चारदिने नेपाल भ्रमणमा आउँदै गर्दा उनको कार्यक्रमलाई लिएर राजनीतिक वृत्तमा केही आकलन थियो ।

Advertisement

चिनियाँ उच्च अधिकारी नेपाल भ्रमणमा आउँदा सधैजसो यहाँका राजनीतिक दलका शीर्ष नेतालाई भेटघाट गर्ने र फर्किने गरेका थिए । तर यसपटक लिउ नेतृत्वको चिनियाँ टोलीले काठमाडौं नओर्लिदैं एमाले र माओवादीका स्थानीय नेतासँग पनि भेटने कार्यक्रम रहेको समाचार सार्वजनिक भईसकेको थियो ।

कतिपयले राई र स्थापितको चिनियाँहरुसँगको साइनो /सम्वन्ध नै खोज्ने काम शुरु गरिसकेका थिए । राई र स्थापितले यस सम्वन्धमा खास प्रतिक्रिया जनाईरहेका थिएनन ।

तर यसपटक चिनियाँ पक्षले आफनो रणनीति बदलेको प्रष्टै देखिएको छ ।

‘मूलत दुई कारणले उनीहरुले यसपटक आफनो शैली फेरेको देखिएको छ,’ एक कुटनीतिक क्षेत्रका जानकारले मेरोन्यूजसँग भने,–‘पहिलो, एमाले माओवादीका स्थानीय स्तरका नेता- कार्यकर्तासँगको सम्वाद र कार्यालय अबलोकन तथा दोस्रो, लिउ फर्किदासम्म उनी नेतृत्वको टोलीका थप तीन सदस्यको लम्बिएको नेपाल भ्रमण र अतिरिक्त भेटघाटले यसपटक चीनले आफनो परम्परागत भेटघाटको शैली वदलेको देखिन्छ।’

लिउ नेतृत्वको टोलीले माओवादी र एमालेको स्थानीय स्तरका नेताहरुसँग भ्रमणको अन्तिम दिन २९ असारमा भेटेका थिए । तर फर्किने बेला उनीसँग आएका ७ जना नै फर्केनन् । लिउ सहित ४ सदस्य सिंगापूर हुँदैं भीयतनाम पुगेका थिए । वाँकी ३ जनाले भने नेपाल बसाईलाई थप लम्बाए । एमाले माओवादीका स्थानीय नेताहरुसँग उनीहरुले थप अन्तर्क्रिया गरे ।

एमाले काठमाडौं जिल्लाका पूर्व अध्यक्ष कृष्ण राई र माओवादी केन्द्रका काठमाडौं जिल्ला संयोजक उमेश स्थापितसँग पनि भेटने कार्यतालिका रहेको समाचार सार्वजनिक भएपछि किन उनीहरुसँग चिनियाँ टोलीले भेट गर्न खोजेको छ ? भन्ने प्रश्न उठेको थियो ।

बुढानिलकन्ठमा चिनियाँ टोली एमालेको नगर कार्यालय अवलोकन तथा स्थानीय पार्टी पदाधिकारीसँगको छलफलका क्रममा

यो टोलीका बाँकी सदस्य भोलि आइतबार मात्रै स्वदेश फर्किदैछ ।

लिउ फर्केपछिको तीन सदस्यीय टोलीमा विदेश विभाग अन्तर्गत ‘१ नम्बर ब्युरो’ का प्रमुख सहितको टोली थिए । त्यसमा ‘सरला नेपाली’ नामकी सीपीसी अन्तर्राष्ट्रिय विभागकी नेतृ पनि छन्। चाइना रेडियो इन्टरनेसनल (सीआरआई) अन्तर्गत केही समय नेपालमै रहेर काम गरेकी उनले विश्वभाषा क्याम्पसमा नेपाली भाषा सिकेकी थिइन्। उनी नेपाली भाषामा अहिले राम्रै दख्खल राख्छिन् ।

यो टोली चाइना एयरको उडानबाट आइतबार बिहान चीनको छन्दु प्रस्थान गर्नेछ। चीनका लागि नवनियुक्त नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ पनि सोही उडानबाटै चीन प्रस्थान गर्ने कार्यक्रम छ।

एमाले -माओवादीका स्थानीय नेतासँग चिनियाँ चासो

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोलीले नेपालका राजनीतिक दलका नेताहरुसँग मात्र होइन, यसपटक स्थानीय स्तरका नेताहरुसँग पनि सम्वाद गर्ने र उनीहरुको पार्टी कार्यालयको अबलोकन समेत गर्ने कार्यक्रम बनाएर नेपाल आएका थिए ।

नेपाल आएलगत्तै एमाले र माओवादीका स्थानिय पार्टी कार्यालयको चिनियाँ दूतावासका कर्मचारीले पहिले नै पुगेर अनुगमन गरेका थिए । स्रोतका अनुसार, खासमा उनीहरुले दुवै पार्टीका काठमाडौं उपत्यकाभित्रको नगर कार्यालय र नगर कमिटिका पदाधिकारीसँग सम्वाद गर्न चाहेका थिए ।

त्यही क्रममा एमालेले बुढानिलकन्ठस्थित भंगालमा रहेको नगरपालिका कार्यलय देखाएको थियो । त्यही लिउ नेतृत्वको टोली जाने तय भयो । तर माओवादीको स्थानीय पार्टी कार्यालय हेर्न कहाँ जाने भन्ने टुग्गो लागेको थिएन । माओवादीले शुरुमा चन्द्रागिरी नगरपालिकामा लैजाने योजना बनाएको थियो । तर त्यहाँ चिनियाँ दूतावासका कर्मचारीले हेरेपछि अलि उपयुक्त ठानेन । त्यसपछि माओवादीका केन्द्रीय सदस्य अनिल शर्माले आफनो निर्वाचन क्षेत्रको कार्यालय चलाईरहेका अनामनगर भाटभाटेनी अगाडीको कार्यालयमा भेट गर्ने गरी देखाएको थियो ।

अनामनगरमा चिनियाँ टोली माओवादीकेन्द्रको जिल्ला समन्वय समितिको कार्यालय अवलोकन तथा स्थानीय पार्टी पदाधिकारीसँगको छलफलका क्रममा

चिनियाँ पक्षले एमाले र माओवादीका स्थानीय पार्टी कमिटीको नेतृत्व कसरी चयन हुन्छ ? कमिटीहरु कसरी सञ्चालन हुन्छन् ? कमिटिले कुनै निर्णय गर्दा कसरी गर्छन् ? पार्टीको नेतृत्वमा रहेका स्थानीय सरकारका निकायमा पार्टीले कसरी सरकार सञ्चालन गर्छ ? विकास निर्माणको काम कसरी सञ्चालन हुन्छ ? पार्टी सदस्य कति छन् ? र पार्टीको स्थानीय कार्यालयहरु कसरी ब्यवस्थापन हुन्छन् ? जस्ता विषयमा केन्द्रीत रहेर जिज्ञासा राखेका थिए ।

त्यसलाई चिनियाँ पक्षले स्वीकृत गरेपछि माओवादीका काठमाडौं जिल्ला समन्वय समितिका नेताहरुसँग लिउ नेतृत्वको टोलीले सम्वाद गरेका थिए । ‘चिनियाँ नेताहरुले यसपटक स्थानीय पार्टी कमिटिको कार्यालय र स्थानीय नेताहरुसँग भेटन चाहनु भएको थियो, त्यसैका लागि एमालेका कृष्ण राई र माओवादीका उमेश स्थापितको नाम भेटघाट कार्यतालिकामा आएको हो, तर उहाँहरु दुई जनालाई मात्र विशेष भेटन खोजिएको होइन,’ चिनियाँ दूतावास स्रोतले भन्यो ।

अझ एमालेका कृष्ण राईसँग त स्थानीय कमिटिसँगको छलफल हुँदा पनि लिउ नेतृत्वको टोलीले भेटघाट समेत गरेको थिएन ।

एमाले बूढानीलकण्ठ नगर कमिटीको कार्यालयमा लिउ नेतृत्वको टोलीले नगर कमिटीका अध्यक्ष प्रदिप डंगोल, उपाध्यक्ष शम्भु भट्टराई, सचिव श्रीकृष्ण श्रेष्ठ, उपसचिव धोर्जे लामा र सुनिता गुरुङ सहितलाई भेटेर अन्तर्क्रिया गरेका थिए । लिउलाई त्यस भेटघाटमा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा राजन भट्टराईले सहजीकरण गरेका थिए ।

बुढानिलकन्ठमा चिनियाँ टोली एमालेको नगर कार्यालय अवलोकन तथा स्थानीय पार्टी पदाधिकारीसँगको छलफलका क्रममा

एमालेका प्रदेश कमिटी सदस्य तथा बूढानीलकण्ठ नगर प्रमुख मिठाराम अधिकारी, जिल्ला कमिटी सदस्य तथा नगर उपप्रमुख अनिता लामालगायत नेताहरु चिनियाँ टोली त्यहाँ पुग्दा स्वागतमा उपस्थित भएपनि भेटघाटमा भने सहभागी भएका थिएनन ।

स्थानीय निर्वाचित जनप्रतिनिधीसँग भन्दा पनि पार्टीकै कमिटिका पदाधिकारीहरुसँग सम्वाद गर्न चिनियाँ पक्षले चाहेका कारण नगरपालिका प्रमुख लगायतले अन्तर्क्रियामा भने सहभागिता नजनाएको स्रोतको भनाई छ ।

माओवादीको जिल्ला समन्वय समितिका पदाधिकारीहरुसँगको भेटमा भने माओवादी नेता राम कार्कीले समन्वय गरेका थिए । अन्र्तक्रियामा स्थायी समिति सदस्य वर्षमान पुन अनन्त पनि सहभागी थिए । तर चिनियाँ नेताहरुले माओवादीका काठमाडौं संयोजक उमेश स्थापित, केन्द्रीय सदस्यहरु तथा काठमाडौं कार्यक्षेत्र बनाई काम गरिरहेका नेताहरु अनिल शर्मा, कुमार पौडेल लगायतका नेताहरु सहभागी थिए ।

अनामनगरमा चिनियाँ टोली माओवादीकेन्द्रको जिल्ला समन्वय समितिको कार्यालय अवलोकन तथा स्थानीय पार्टी पदाधिकारीसँगको छलफलका क्रममा

चिनियाँ पक्षले एमाले र माओवादीका स्थानीय पार्टी कमिटीको नेतृत्व कसरी चयन हुन्छ ? कमिटीहरु कसरी सञ्चालन हुन्छन् ? कमिटिले कुनै निर्णय गर्दा कसरी गर्छन् ? पार्टीको नेतृत्वमा रहेका स्थानीय सरकारका निकायमा पार्टीले कसरी सरकार सञ्चालन गर्छ ? विकास निर्माणको काम कसरी सञ्चालन हुन्छ ? पार्टी सदस्य कति छन् ? र पार्टीको स्थानीय कार्यालयहरु कसरी ब्यवस्थापन हुन्छन् ? जस्ता विषयमा केन्द्रीत रहेर जिज्ञासा राखेका थिए ।

लिउ स्वंयमले यी दुई ठाँउमा स्थानीय एमाले माओवादीका नेतासँग अन्तर्क्रिया र कार्यालयको अवलोकन गरेपनि नेपाल बसाई लम्बाएका थप तीन चिनियाँ सदस्यले थप उपत्यकाका एमाले माओवादीका स्थानीय नेताहरुसँगको छलफललाई अगाडी बढाएका थिए ।


नेपाल बसाई लम्बाएका चिनियाँ टोलीले शुक्रबार भक्तपुरको चाँगुनारायण पुगेर एमालेका स्थानीय नेता–कार्यकर्तासँग अन्तर्क्रिया गरेको थियो। त्यसक्रममा टोली नगरकोट क्षेत्रमा पनि पुगेको थियो।

चाँगुनारायणमा चिनियाँ टोली एमालेको स्थानीय पार्टी नेता कार्यकर्तासँगको छलफलका क्रममा

टोलीको सहजीकरण एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले गरेका थिए ।

एमालेसँगको भेटपछि टोलीले कागेश्वरी मनोहरा नगरपालिकामा माओवादी केन्द्रका स्थानीय कार्यकर्ताहरुसँग भेटघाट र अन्तर्क्रिया गरेको थियो । चिनियाँ टोलीलाई माओवादी केन्द्रले स्थानीय कार्यकर्ताहरुले कोरेको थाङ्काचित्र र एमालेले चाँगुनारायणको मन्दिरको तस्बिर उपहारका रुपमा प्रदान गरेको थियो।

कागेश्वरी मनोहरामा चिनियाँ टोली माओवादीकेन्द्रको स्थानीय पार्टी नेता कार्यकर्तासँगको छलफलका क्रममा

शीर्ष तहमा चार सन्देश

सिपिसीका विदेश विभाग प्रमुख लिउ नेतृत्वको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली‚ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका थिए । कांग्रेस, माओवादी, एमाले र एकीकृत समाजवादीका नेताहरुसँगको भेटमा यी पार्टीका अतिरिक्त नेताहरु पनि सम्वादमा थिए ।

नेपालका शीर्ष नेताहरुसँगको सम्वादपछि चिनियाँ पक्षले मूलतः चार वटा सन्देश दिन खोजेका थिए । पहिलो, नेपाल अमेरिकातिर नढल्कियोस्, दोस्रो चीनविरोधी गतिविधि नेपालबाट नहोस्, तेस्रो, वामपन्थीहरू मिल्ने दिशातिर जाउन् र चौथो, अहिलेको कांग्रेस माओवादीहरुको बाम लोकतान्त्रिक गठबन्धन आगामी निर्वाचनसम्मै कायम रहे कांग्रेसको नेतृत्वमा सरकार हुने सम्भावना भएकाले कांग्रेससँग सम्बन्ध बढाउने भन्ने देखियो ।

विशेषगरी कांग्रेससाग २०७४ यताको तारबार सुधार्ने प्रयासमा यसपटक चिनियाँ पक्षले मेहनत गरेको देखिएको थियो ।
आफ्नो काठमाडौं बसाइको समयमा, जियानचाओको ध्यान कांग्रेससँगको सम्बन्ध सुधारमा थियो । उनले सुन्दरीजलस्थित बीपी कोइराला स्मृति संग्राहलयको भ्रमण समेत गरेका थिए र नेपाल–चीन सम्बन्धलाई सन् १९६० को दशकमा अघि बढाउन नेपाली काँग्रेसका दिवंगत नेताको भूमिकाको स्मरण गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको छुट्टाछुट्टै भेटमा पनि जियानचाओले चीनले कंग्रेससँग रणनीतिक सञ्चारलाई सुदृढ गर्न, आपसी सम्वन्ध सहयोग प्रवर्द्धन गर्न र एकअर्काको मुख्य चासो र चासोका विषयमा आदानप्रदान र आपसी सिकाइलाई गहिरो बनाउन इच्छुक रहेको स्पष्ट पार्ने प्रयास गरेको देखिएको थियो ।

०००

रामकृष्ण अधिकारी

अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया