सोमबार, वैशाख २४, २०८१

११ जिल्लामा एमालेको एक्लै बन्नेछ जिल्ला समन्वय समिति (डाटासहित)

रामकृष्ण अधिकारी २०७९ जेठ १४ गते १३:५४

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनभन्दा यसपटकको निर्वाचनमा खुम्चिएको प्रतिपक्षी दल एमाले एक्लैले ११ जिल्लामा जिल्ला समन्वय समिति (जिसस) बनाउन मिल्ने जित निकालेको छ ।

Advertisement

प्रदेश १ मा ३ जिल्ला, गण्डकीमा ५ जिल्ला, लुम्बिनीमा २ जिल्ला र सुदुरपश्चिममा १ जिल्लामा एमालेले एक्लै जिसस बनाउन मिल्ने जित निकालेको छ । उसले अन्य ६ जिल्लामा भने अन्य कुनै राजनीतिक शक्तिका १ मत मात्रै तान्न सके जिल्ला समन्वय समिति एमालेले बनाउन सक्नेछ ।

गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनले गाउँपालिका र नगरपालिकामा नेतृत्व चयन गरेसँगै अब जिल्ला समन्वय समिति गठनको बाटो खुलेको हो ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समिति निर्वाचनका लागि सूचना प्रकाशित गरेपछि समन्वय समिति गठनका लागि नर्विाचन प्रक्रिया शुरु हुने कानुनी ब्यवस्था छ ।

जिल्ला समन्वयका लागि गाँउपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरको मेयर र उपमेयर मतदाता हुने ब्यवस्था छ । त्यही आधारमा अव जिसस गठनको प्रक्रिया अगाडी बढ्दैछ ।

कांग्रेसले एक्लै १५ जिल्लामा जिसस बनाउन सक्ने अवस्थामा एमाले ११ जिल्लामा जिसस बनाउन सक्ने जित निकालेको छ ।

यी हुन् एमालेले एकल जिसस बनाउने जिल्ला

यी जिल्ला कहाँ के के जितेको छ एमालेले ?

गत स्थानीय हतमा पहिलो शक्ति बनेको एमाले यसपटक पार्टी विभाजन, आन्तरिक किचलो, अन्र्तघात देखि सत्ता गठबन्धन दलको चुनावी गठबन्धन लगायतका कारण खुम्चिएको छ । तर पनि उसले ११ जिल्लमा जिल्ला समन्वय समिति बनाउन मिल्ने गरी एकल जित निकालेको छ । एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला समेत रहेको झापामा उसको एकल वहुमत जिसस बनाउन पुग्ने जित छ ।

ओलीको गृहनगर दमकमा राप्रपा उम्मेदवारसँग चुनाव पराजित भएपनि जिल्लाका कुल ३० मतमध्ये एमाले एक्लैसँग १७ मत छ । झापामा एमालेले ६ नगर प्रमुख, ५ उपप्रमुख, १ अध्यक्ष र ५ उपाध्यक्ष पद जितेको छ । पहिले गत २०७४ सालको स्थानीय तहको चुनावमा अन्य राजनीतिक दललाई क्लिन स्वीप गरेको धनकुटामा कुल १४ मत रहेकोमा एमाले एक्लैको ९ मत छ । प्रमुखमा १, उपप्रमुखमा ३, अध्यक्षमा २ र उपाध्यक्षमा ३ पद एमालेले धनकुटामा जितेको छ ।

कांग्रेस बलियो रहेको भनिएको मोरङमा यसपटक एमाले बलियो देखिएको छ । मोरङमा कुल ३४ मत रहेकोमा एमाले एक्लैको २१ मत छ । त्यहाँ एमालेले ७ प्रमुख, ८ उपप्रमुख, २ अध्यक्ष र ४ उपाध्यक्ष जितेको छ ।

विगतमा कांग्रेस, माओवादी मिल्दा पनि एमाले एक्लैले पोखरा महानगर जितेको एमालेले यसपटक पोखरामा मेयर गुमाएको छ । कास्कीको त्यहाँ जिससको कुल १० मतमध्ये एमाले एक्लैले ६ मत जितेको छ । पोखरा महानगर हारेपनि त्यहाँ जिसस बनाउन पुग्ने मत एमालेसाग छ । कास्कीमा एमालेले १ उपमेयर, २ अध्यक्ष र ३ उपाध्यक्ष जितेको छ ।

नबलपरासी पूर्वमा एमालेको १६ मत मध्येमा ११ मत एक्लैको छ । त्यहाँ एमालेले ३ प्रमुख, ३ उपप्रमुख, ३ अध्यक्ष र २ उपाध्यक्ष पद जितेको छ । मुस्ताङमा कुल १० मध्ये एमालेसँग ७ मत छ । त्यहाँ उसले ४ अध्यक्ष र ३ उपाध्यक्ष जितेको छ ।

म्याग्दीमा एमालेसँग ७ मत छ । जिसस बनाउन त्यहाँ ६ मत भए पुग्छ । एमालेले त्यहाँ १ प्रमुख, ३ अध्यक्ष र ३ उपाध्यक्ष पद जितेको छ । त्यस्तै लमजुङमा कुल १६ मतमा एमाले एक्लैसँग ९ मत छ । लमजुङमा एमालेले १ प्रमुख, ३ उपप्रमुख, ३ अध्यक्ष र २ उपाध्यक्ष पद जितेको छ ।

लुम्बिनी प्रदेशको २ जिल्लामा पनि एमाले एक्लैको जिसस बन्नेछ । अर्घाखाँचीमा कुल १२ मत मध्येमा एमाले एक्लैसँग ८ मत छ । एमालेले १ मेयर, २ उपमेयर, २ अध्यक्ष र ३ उपाध्यक्ष जितेको छ ।
पाल्पामा कुल २० मत मध्येमा एमालेसँग ११ मत छ । एमालेले ६ अध्यक्ष र ५ उपाध्यक्ष जितेको छ । सुदुरपश्चिम प्रदेशमा बाजुरामा एमालेको एकल बहुमत छ । कुल १६ मत मध्ये एमालेको त्यहाँ ९ मत छ । बाजुराको वुढीगंगामा मतगणना बाँकी नै रहेपनि एमाले बहुमतमा छ । बुढीगंगाको निर्वाचन परिणाम पर्खन पर्ने अवस्था त्यहाँ एमालेलाई छैन । २ प्रमुख, १ उपप्रमुख, ३ अध्यक्ष र ३ उपाध्यक्ष त्यस जिल्लामा एमालेले जितेको छ ।

यी ६ जिल्लामा एक भोट ताने पुग्छ
एमालेले विभिन्न ६ जिल्लामा अन्य राजनीतिक शक्तिका एक मत मात्र तानेपनि आफनो नेतृत्वमा जिल्ला समन्वय समिति बनाउन सक्नेछ । इलाम, चितवन, रसुवा, पर्वत, स्याङजा र सुर्खेतमा एमालेले अन्य शक्तिको १ मत मात्र तानेपनि जिसस बनाउन सक्नेछ ।

इलाममा कुल २० मा एमालेसँग १० मत छ । चितवनमा कुल १४ मतमा एमालेसँग ७ मत छ । रसुवामा १० मतमा ५ मत छ । पर्वतमा १४ मतमा एमालेसँग ७ मत छ । त्यस्तै स्याङजामा २२ मतमा एमालेसँग ११ मत छ । सुर्खेतमा १८ मतमा एमालेसँग ९ मत छ ।

यी जिल्लामा उसले कुनै दलका एक पदाधिकारीलाई मात्रै आफनो पार्टीका उम्मेदवारको पक्षमा तान्न सकेमात्र पनि उसको जिसस बन्नेछ ।

याे पनि पढ्नुहोस्

कुन जिल्लामा कसको बन्दैछ समन्वय समिति ? (तथ्यांक सहित)

४ जिल्लामा माओवादीको बन्नेछ एकल जिल्ला समन्वय समिति (डाटासहित)

कांग्रेसको कति जिल्लामा बन्छ जिल्ला समन्वय समिति ? (डाटासहित)

रामकृष्ण अधिकारी

अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया