सोमबार, वैशाख २४, २०८१

४ जिल्लामा माओवादीको बन्नेछ एकल जिल्ला समन्वय समिति (डाटासहित)

रामकृष्ण अधिकारी २०७९ जेठ १४ गते १५:१९

काठमाडौं । गत स्थानीय तह निर्वाचनमा भन्दा थप २ प्रतिशत बढी स्थानीय तह जितेको नेकपा (माओवादी केन्द्र)को ४ जिल्लामा एकल जिल्ला समन्वय समिति बन्ने भएको छ । गत स्थानीय तह निर्वाचनमा माओवादी एक्लैको ३ जिल्लामा मात्रै एकल जिल्ल समन्वय समिति थियो ।

Advertisement

यसपटक उसले गण्डकी प्रदेशको गोरखा जिल्लामा पनि पार्टी एक्लैको जिल्ला समन्वय समिति बनाउने भएको छ । २०७४ को स्थानीय तह निर्वाचन पछि रोल्पा, पूर्वी रुकुम र रुकुम पश्चिममा मात्र माओवादीको एकल जिल्ला समन्वय समिति थियो ।

यसपटक उसले गोरखामा कमब्याक गदैं एक्लै जिल्ला समन्वय समिति बनाउने गरी स्थानीय तहमा जित निकालेको हो ।

त्यस्तै माओवादीले बागमति प्रदेशको नुवाकोट र कर्णाली प्रदेशको कालिकोटमा पनि एक भोट मात्र अन्य शक्तिको तानेर आफ्नै नेतृत्वमा जिल्ला समन्वय समिति गठन गर्न सक्नेछ । कतिपय स्थानीय तहमा माओवादी जता मिल्यो, उसैको जिल्ला समन्वय समिति बन्ने थर्ड पोल (निर्णायक शक्ति) को रुपमा देखा परेको छ ।

यी हुन् माओवादी केन्द्रले एकल जिसस बनाउने जिल्ला

यी जिल्ला कहाँ के के जितेको छ माओवादी केन्द्रले ?

देशभर १२१ स्थानीय तह जितेर गत चुनावमा भन्दा १५ वढी पालिका माओवादी केन्द्रले जितेको छ । यसपटक उसले १ महानगर र १ उपमहानगरपालिकाको प्रमुख समेत जितेको छ । उपमहानगरपालिकामा कुनै जित उसले २०७४ को स्थानीय तह निर्वाचनमा जितेको थिएन ।

तर यसपटक बाराको जीतपुर सिमरामा माओवादी केन्द्रले मेयर जितेको छ । माओवादीले ४ जिल्लामा एकल बहुमतसहितको पालिका प्रमुख, उपप्रमुख जितेको छ । गोरखामा माओवादीले कमब्याक गरेको छ । गच निर्वाचनमा मात्रै २ स्थानीय तह जितेको माओवादीले गोरखामा ९ वटा स्थानीय तहको प्रमुख जितेको छ । जिल्लाका दुवै नगरपालिका पालुङटार र गोरखा नगरपालिका समेत यसपटक माओवादीले जितेको छ । गोरखामा जिल्ला समन्वय समितिको कुल २२ मत मध्ये माओवादी केन्द्र एक्लैसँग १५ मत छ ।

माओवादीले गोरखामा २ नगर प्रमुख, १ उपप्रमुख, ७ अध्यक्ष र ५ उपाध्यक्ष जितेको छ । महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख, उपप्रमुख, गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष मात्रै जिल्ला समन्वय समितिका मतदाता हुन्छन् ।

गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनले गाउँपालिका र नगरपालिकामा नेतृत्व चयन गरेसँगै अब जिल्ला समन्वय समिति गठनको बाटो खुलेको हो ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समिति निर्वाचनका लागि सूचना प्रकाशित गरेपछि समन्वय समिति गठनका लागि नर्विाचन प्रक्रिया शुरु हुने कानुनी ब्यवस्था छ ।

त्यही आधारमा अव जिसस गठनको प्रक्रिया अगाडी बढ्दैछ ।

माओवादीले गोरखामा बाहेक रुकुम पूर्वमा जिससका कुल ६ मत मध्ये एक्लैसँग ५ मत छ । उसले रुकुम पूर्वका ३ वटै गाँउपालिका अध्यक्ष जितेको छ । त्यस्तै २ गाँउपालिकाको उपाध्यक्ष पनि माओवादीले जितेको छ । सिस्ने गाउँपालिकाको उपाध्यक्ष भने एमालेले जितेको छ । नत्र अन्य तीन वटै पालिकाको प्रमुख उपप्रम्ुख माओवादी केन्द्रले नै जितेको थियो ।

माओवादीको रोल्पाका कुल २० मत मध्ये एक्लैको १४ मत छ । माओवादीले रोल्पामा १ नगरपालिका प्रमुख, १ उपप्रमुख, ६ अध्यक्ष, ६ उपाध्यक्ष माओवादीले जितेको छ । त्यसैगरी रुकुम पश्चिममा माओवादी एक्लैसँग ९ मत छ । कुल १२ मत रहेको जिससमा माओवादीले २ नगरप्रमुख, २ उपप्रमुख, २ अध्यक्ष र ३ उपाध्यक्ष पद जितेको छ । गत स्थानीय तहमा भने रुकुम पश्चिममा माओवादीले अन्य दललाई क्लीन स्वीप गरेको थियो ।

रुकुम पश्चिम, रोल्पा लगायतका जिल्लामा कांग्रेस, एमालेले माओवादीलाई हराउन चुनावी गठबन्धन गरेका थिए । अझ रोल्पामा त माओवादी हराउन कांग्रेस, एमाले र विप्लव नेतृत्वको नेकपासम्मले पनि गठबन्धन गरेका थिए ।

तर यी सवै शक्तिलाई पराजित गदै यी जिल्लामा माओवादी एक्लैले बहुमत पदाधिकारी स्थानीय तहमा जितेको हो ।

यी जिल्लामा १ भोट तानेमात्र पनि बन्छ जिसस

चार जिल्ला बाहेक माओवादी केन्द्रले अन्य २ जिल्लामा पनि आफनै नेतृत्वमा जिल्ला समन्वय समिति बनाउन सक्नेछ । तर त्यसका लागि उसले ती जिल्लामा अन्य पार्टीको एक एक भोट मात्र ताने पुग्छ । नुवाकोटमा कुल २४ मतमध्ये माओवादी केन्द्रसँग एक्लै १२ मत छ । एक मत उसले एमालेको तानेमात्र पनि आफनो नेतृत्वमा जिसस बनाउन सक्नेछ । एमालेले त्यहाँ जम्मा एक जना मात्र पदाधिकारी जितेको छ । त्यो पनि माओवादीसँग चुनावी गठबन्धन गरेर मात्र जितेको छ । त्यहाँ कांग्रेसको ११ मत छ ।

त्यस वाहेक कर्णाली प्रदेशको कालिकोटमा पनि माओवादीले अन्य शक्तिको एक मत मात्र तानेपनि पुग्छ । सान्नी त्रिवेणी गाउँपालिकामा स्वतन्त्र उम्मेदवारले चुनाव जितेका छन् अध्यक्षमा । उनी पहिले माओवादी केन्द्रकै थिए ।
उनलाई टिकट नदिएपछि उनी स्वतन्त्र उठेका थिए । तर माओवादीले उनको मत तानेर त्यहाँ जिसस आफ्नै नेतृतवमा गठन गर्न सक्ने देखिएको छ ।

त्यसवाहेकका अन्य जिल्लामा माओवादीले कुन शक्तिलाई साथ दिन्छ, त्यसले पनि धेरै जिल्लाको जिल्ला समन्वय समिति गठनमा निर्णायक भूमिका खेल्नेछ । यसरी हेर्दा माओवादीको मत लिएर जिसस बनाउन सकिने स्थानमा माओवादीले कांग्रेस र एमालेसँग आफुलाई लाभ हुने गरी वार्ता चलाउन सक्ने देखिएको छ । तर एमालेसँग भन्दा धेरै ठाँउमा उसले कांग्रेससँग नै तालमेल गरेर जिससको उपप्रमुख लिएर जान सक्ने देखिएको छ । यसरी हेर्दा माओवादीले धेरै जिल्लाको जिल्ला समन्वय समितिमा उपप्रमुख सुरक्षित गर्न सक्ने सम्भावना अधिक देखिएको छ ।

यो पनि पढ्नुहोस्

११ जिल्लामा एमालेको एक्लै बन्नेछ जिल्ला समन्वय समिति (डाटासहित)

कुन जिल्लामा कसको बन्दैछ समन्वय समिति ? (तथ्यांक सहित)

कांग्रेसको कति जिल्लामा बन्छ जिल्ला समन्वय समिति ? (डाटासहित)

रामकृष्ण अधिकारी

अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया