सोमबार, वैशाख २४, २०८१

कांग्रेसको कति जिल्लामा बन्छ जिल्ला समन्वय समिति ? (डाटासहित)

रामकृष्ण अधिकारी २०७९ जेठ १४ गते ११:४५

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पहिलो दल बनेको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, जनमोर्चा सहितको सहयोगमा कांग्रेस पहिलो पार्टी बनेको हो ।

Advertisement

०७४ सालको स्थानीय तहमा पहिलो पार्टी बनेको एमाले झण्डै ९३ पालिका गुमाउँदैं दोस्रो पार्टी बनेको छ । स्थानीय तहको निर्वाचनले गाउँपालिका र नगरपालिकामा नेतृत्व चयन गरेसँगै अब जिल्ला समन्वय समिति गठनको बाटो खुलेको छ । जिल्ला समन्वय समिति कुन जिल्लामा अव कुन पार्टीको बन्छ ? भन्नेमा अब राजनीतिक दलहरुको चासो शुरु भएको छ ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समिति निर्वाचनका लागि सूचना प्रकाशित गरेपछि समन्वय समिति गठनका लागि नर्विाचन प्रक्रिया शुरु हुने ब्यवस्था छ ।

जिल्ला समन्वयका लागि गाँउपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरको मेयर र उपमेयर मतदाता हुने ब्यवस्था छ । यस आधारमा सरकारको नेतृत्व गरिहेको दल नेपाली कांग्रेसले आफु एक्लैको बलबुताले १५ जिल्लामा जिल्ला समन्वय समिति बनाउने छ ।

कांग्रेसको १५ जिल्लामा वहुमत रहेकोले उसले ती जिल्लाहरुमा आफु एक्लै जिसस बनाउने भएको हो । जिल्ला समन्वय समितिमा प्रमुख र उपप्रमुख सहित ९ सदस्य निर्वाचित हुने ब्यवस्था छ । समितिमा तीन सदस्य महिला अनिवार्य हुने नियममा व्यवस्था छ ।

यी हुन् कांग्रेसले एकल जिसस बनाउने जिल्ला

यी जिल्ला कहाँ के- के जितेको छ कांग्रेसले ?
सुनसरी जिल्लामा कांग्रेसले ४ वटा नगरको प्रमुख, २ उपप्रमुख, ३ गाँउपालिका अध्यक्ष र ४ वटा गाँउपालिकाको उपाध्यक्ष जितेको छ । सोलखुम्बुमा एउटा नगर प्रमुख, एउटा उपप्रमुख र ४ वटा अध्यक्ष, ४ उपाध्यक्ष पद कांग्रेसले जितेको छ ।

कांग्रेसको प्रदेश १ मा यी दुई जिल्लमा आफ्नै एकल जिल्ल समन्वय समिति बन्ने छ । त्यसवोहक अहिले मतगणना भईरहेको उदयपुरको त्रियुगा नगरमा कांग्रेसले मेयर उपमेयर जितेमा त्यहाँ पनि कांग्रेसले एक्लै जिसस बनाउने छ । अहिले सम्मको मतगणनामा मेयरमा कांग्रेसका उम्मेदवार करिव २ हजार मतले अगाडी छन् । उपमेयरमा कांग्रेस उम्मेदवार ४ सय मतले अगाडी छन् ।

कुल ७ स्थानीय तह रहेको उदयपुरमा कांग्रेससँग अहिले ६ मत छ । त्रियुगा जितेमा ८ मत कांग्रेसको हुनेछ । त्यसो भएमा प्रदेश १ का तीन जिल्लामा कांग्रेसको एकल जिसस बन्नेछ ।

यो पनि पढ्नुहोस्

४ जिल्लामा माओवादीको बन्नेछ एकल जिल्ला समन्वय समिति (डाटासहित)

कुन जिल्लामा कसको बन्दैछ समन्वय समिति ? (तथ्यांक सहित)

११ जिल्लामा एमालेको एक्लै बन्नेछ जिल्ला समन्वय समिति (डाटासहित)

प्रदेश २ मा अहिले कांग्रेसको २ जिल्लामा एकल जिसस बन्नेछ । धनुषामा कुल ३६ मतमा कांग्रेससँग एक्लै २१ मत छ । त्यहाँ कांग्रेसले ७ नगर प्रमुख, ७ उपप्रमुख, ३ गाँउ अध्यक्ष र ४ उपाध्यक्ष जितेको छ । सर्लाहीमा कुल ४० मतमा कांग्रेस एक्लैसँग २३ मत छ । त्यहाँ काग्रेसले ६ नगर प्रमुख, ६ उपप्रमुख, ६ गाँउपालिका अध्यक्ष र ५ उपाध्यक्ष जितेको छ ।

बागमति प्रदेशमा काठमाडौं र ललितपुरको जिसस पनि कांग्रेसको हुने भएको छ । काठमाडौंमा कुल २२ मतमा कांग्रेस एक्लैसँग १२ मत छ । ७ नगरपालिका प्रमुख र ५ उपप्रमुख कांग्रेसले काठमाडौंमा जितेको छ । ललितपुरमा कुल १२ मतमा कांग्रेस एक्लैसँग ७ मत छ । कांग्रेसले ललितपुरमा २ नगर प्रमुख, २ उपप्रमुख, २ गाँउपालिका अध्यक्ष र १ उपाध्यक्ष जितेको छ ।

गण्डकी प्रदेशमा भने कांग्रेसले बागलुङमा मात्र एकल जिसस बनाउन सक्नेछ । त्यहाँ कुल २० मत मध्ये कांग्रेसको एकल १२ मत छ । बागलुङमा उसले २ नगर प्रमुख, २ उपप्रमुख, ४ गाँउपालिका अध्यक्ष र ४ उपाध्यक्ष जितेको छ ।

लुम्बिनी प्रदेशमा ३ जिल्लामा कांग्रेसले एकल जिसस बनाउन सक्नेछ । दाङ, बर्दिया र बाँकेमा कांग्रेसको एकल वहुमत छ । दाङमा कुल २० मतमा कांग्रेससँग १२ मत छ । उसले त्यहाँ १ नगर प्रमुख, १ उपप्रमुख, ४ अध्यक्ष र ६ उपाध्यक्ष जितेको छ ।
त्यस्तै बर्दियामा कुल १६ मतमा कांग्रेस एक्लैसँग ९ मत छ । उसले ४ प्रमुख, ३ उपप्रमुख, १ अध्यक्ष १ उपाध्यक्ष जितेको छ ।

बाँकेमा कुल १६ मतमा कांग्रेससँग १२ मत छ । उसले बाँकेमा २ नगर प्रमुख, १ उपप्रमुख, ४ अध्यक्ष र ५ उपाध्यक्ष जितेको छ ।

कर्णाली प्रदेशमा भने मुगुमा मात्रै उसले एकल जिसस बनाउन सक्ने मत छ । कुल ८ मतमा कांग्रेससँग ५ मत छ । मुगुमा उसले १ प्रमुख, १ उपप्रमुख, १ अध्यक्ष र २ उपाध्यक्ष जितेको छ ।

सवैभन्दा वढी सुदुरपश्चिममा कांग्रेसले एकल जिल्ल समन्वय समिति (जिसस) बनाउन सक्नेछ । अछाममा कुल २० मतमा कांग्रेससँग ११ मत छ । ३ मेयर, १ उपमेयर, ४ अध्यक्ष र ३ उपाध्यक्ष अछाममा कांग्रेसले जितेको छ । कञ्चनपुरमा कुल १८ मतमा कांग्रेससँग स्पष्ट बहुमत १२ मत छ । उसले त्यहाँ ४ मेयर, ६ उपमेयर, १ अध्यक्ष र १ उपाध्यक्ष जितेको छ । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरवहादुर देउवाको गृहजिल्लामा पनि कांग्रेसको एकल जिसस बन्नेछ । त्यहाँ कांग्रेस एक्लैसँग कुल १४ मा १० मत छ । त्यहाँ उसले २ नगर प्रमुख, १ उपप्रमुख, ३ गाँउपालिका अध्यक्ष र ४ उपाध्यक्ष जितेको छ ।

त्यस्तै डोटीमा पनि कांग्रेस एक्लैसाग बहुमत छ । कुल १८ मतमा कांग्रेससँग १५ मत छ । कांग्रेसले डोटीमा २ नगर प्रमुख, २ उपप्रमुख, ५ अध्यक्ष र ६ उपाध्यक्ष जितेको छ ।

बाजुराको वुढीगंगाको मत गणना बाँकी रहेपनि त्यहाँ कांग्रेस भन्दा अन्य पार्टीकै बहुमत छ ।

यी जिल्लामा एक भोट ताने बन्न सक्छ
कांग्रेसले जाजरकोट, जुम्ला, ओखलढुंगा, खोटाङ , तेहथुम, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, तनहुँ र स्याङजामा पनि कांग्रेसको जिसस बन्ने वलिायो सम्भावना छ । यी ९ जिल्लामा कांग्रेसलाई जिसस बनाउन मात्र एक मत पुग्दैन । यसमा उसले अन्य कुनै दलको सहयोगमा आफनो नेतृत्वमा जिसस बनाउन सक्नेछ ।


जाजरकोटमा कुल १४ मा कांग्रेससँग ७ मत, जुम्लामा कुल १६ मा कांग्रेससँग ८ मत, ओखलढुंगामा कुल १६ मा कांग्रेससँग ८ मत, तेहथुममा कुल १२ मा कांग्रेससँग ६ मत, काभ्रेमा कुल २६ मा कांग्रेससँग १३ मत, सिन्धुपाल्चोकमा कुल २४ मतमा कांग्रेससँग १२ मत, तनहुँमा कुल २० मा कांग्रेससँग १० मत र स्याङजामा कुल २२ मा कांग्रेससँग ११ मत छ ।

यी जिल्लामा कांग्रेसले गठबन्धन दलका कुनै एक भोट रहेका दललाई मात्रै लिएमा पनि जिसस बनाउन सक्नेछ ।

यो पनि पढ्नुहोस्

४ जिल्लामा माओवादीको बन्नेछ एकल जिल्ला समन्वय समिति (डाटासहित)

कुन जिल्लामा कसको बन्दैछ समन्वय समिति ? (तथ्यांक सहित)

११ जिल्लामा एमालेको एक्लै बन्नेछ जिल्ला समन्वय समिति (डाटासहित)

रामकृष्ण अधिकारी

अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया