शनिबार, वैशाख २९, २०८१

नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त, प्रदर्शनकारी र प्रहरीबीच झडप (फोटोफिचर)

आयुश राठौर २०७८ फागुन १२ गते १५:३९

काठमाडौं । काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप सुरु भएको छ । नयाँवानेश्वर क्षेत्र अहिले तनावग्रस्त छ । बिहीबारमा प्रदर्शनकारीले सुरूमा प्रहरीले सुरूक्षाको घेरा बनाएको थियो।

Advertisement

सो घेरा प्रदर्शनकारीले तोड्ने प्रयास गरेका थिए। उनीहरूले धकेलेर घेरा तोडेपछि प्रहरीले पानीको फोहरा र अश्रु ग्यास प्रहार गरेको छ । प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगा, इँटा, गुलेलीमार्फत प्रहार गरिरहेका छन् ।

बिहीबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक भोलि १ बजेसम्मको लागि स्थगित भएको छ। गत आईतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद बैठकमा एमसिसी टेबल गरेका थिए।

तस्बिरहरु

आयुश राठौर

मेरोन्युजकर्मी राठौर खेलकुद र कला सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया