आइतबार, वैशाख २३, २०८१

गृहको अर्को निर्णयः सरकारी निकायका प्रतिनिधिलाई खाडी जान छुट

मेरोन्यूज २०७८ माघ ९ गते १९:०३

काठमाडौं । मलेसियासहित खाडी मुलुकमा भिजिट भिसामा भ्रमण प्रतिबन्द लगाएको गृहमन्त्रालयले सरकारी निकायका प्रतिनिधिहरुलाई छुट दिने अर्को निर्णय गरेको छ ।

सरकारी प्रतिनिधिलाई प्रस्थान अनुमति दिने लगायका निर्णय गर्दै यसअघिको निर्णयलाई संशोधन गरेको छ ।

गृह मन्त्रालयको संशोधित निर्णयअनुसार नेपालमा सामान आयात निर्यात गर्ने ब्यवसायिक संस्थाका प्रतिनिधिले आयात निर्यात सम्बन्धि कार्यका लागि प्रस्थान अनुमति पाउने भएका छन् ।

यस्तै, वार्षिक न्यूनतम ६ लाख रुपैयाँ करयोग्य आय भई कम्तिमा सोको आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आवद्ध भएका ब्यक्तिहरुले पनि भिजिट भिसा पाउने भएका छन् ।

यसैगरी वैदेशिक रोजगार ब्यवसायको बजार प्रवद्र्धनका लागि जाने म्यानपावर ब्यवसायीहरुलाई पनि छुट दिने निर्णय गृह मन्त्रालयले गरेको छ ।

यसअघि गृहले सूचना जारी गर्दै सोमवारदेखि लागू हुने गरी मलेसियासहित खाडी मुलुकमा भिजिट भिसामा जान सबैलाई रोक लगाएको थियो ।

Advertisement

प्रतिक्रिया