बिहीबार, वैशाख २७, २०८१

त्रिविका २९ हजारभन्दा बढी विद्यार्थी दीक्षित (तस्वीरहरु)

जुली गिरी २०७८ पुष ५ गते १४:४१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोहमा २९ हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । त्रिविको सोमबार भएको ४७औँ दीक्षान्त समारोहमा उनीहरु दीक्षित भएका हुन् ।

Advertisement

चिकित्साशास्त्र, इन्जिनियरिङ, विज्ञान तथा प्रविधि, कृषि र पशुविज्ञान, वन विज्ञान, व्यवस्थापन, शिक्षाशास्त्र, मानविकी तथा सामाजिकशास्त्र, कानून संकायतर्फका विद्यार्थीहरू दीक्षित भएका छन् । विश्वविद्यालयबाट विसं २०७७ असार १ देखि २०७८ जेठ ३२ सम्म ट्रान्सक्रिप्ट लिई ५९औँ ग्रेस लिष्टमा समावेश भएका विद्यावारिधि, डिएम/एमसिएच, दर्शनशास्त्री, स्नातकोत्तर र स्नातक तहका गरी कूल २९ हजार ७२९ विद्यार्थी/शोधार्थी दीक्षित भएका हुन् । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा दीक्षान्त समारोह भएको हो । त्रिविले प्रत्येक वर्ष विद्यार्थीलाई दीक्षित गर्दै आएको छ ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया