बिहीबार, वैशाख २७, २०८१

कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान सुरु, देउवाले हाले भोट (तस्वीरहरु)

जुली गिरी २०७८ मंसिर २८ गते १५:५५

काठमाडौँ । नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापतिका लागि पहिलो चरणमा भएको मतदानमा कुनै पनि उम्मेदवारको पक्षमा बहुमत नआएपछि दोस्रो चरणमा मतदान सुरु भएको हो ।

Advertisement

पहिलो चरणमा सभापतिका ५ उम्मेदवार रहेका मध्ये कसैको पक्षमा पनि बहुमत आएको थिएन । दोस्रो चरणमा शीर्ष मत ल्याउने दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुन लागेको हो ।

सभापतिका उम्मेदवार समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवाले मतदान गरिसकेको उनका स्वीकय सचिव भानु देउवाले जानकारी दिएका छन् ।

काठमाडौँको राष्ट्रियसभा गृहमा कायम गरिएको मतदानस्थलमा सभापतिका दुवै प्रत्यासी प्रधानमन्त्री देउवा र नेता कोइराला मतदान स्थलमा उपस्थित छन् । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जना बीच पुनः मतदान हुन्छ । विधान अनुसार, पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया