बिहीबार, वैशाख २७, २०८१

तस्बिरमा हेर्नुहोस् कांग्रेस महाधिवेशन स्थलको दृश्य

जुली गिरी २०७८ मंसिर २४ गते १३:४९

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवशेन काठमाडौँमा सुरु भएको छ । शुक्रबारबाट सुरु भएको कांग्रेसको १४ औं महाधिवेशन आइतबार सकिने भएको हो । महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशनमा नेपाल संस्कृत्त संघले विभिन्न प्रस्तुती तथा झाँकी प्रस्तुत गरिएको छ । यस्तै कांग्रेसले पानीको बोतल र मास्कमा महाधिवेशनको लोगो राखेको छ । कांग्रेस महाधिवेशनको उदघाटन सत्रलाई कांग्रेस शीर्ष नेता, प्रमुख पार्टीका शिर्ष नेता, विदेशी प्रतिनिधिले सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।

Advertisement

शुक्रबार उद्घाटन, शनिबार उम्मेदवारी दर्ता र आइतबार मतदान हुने छ । महाधिवेशनमा मतदान गर्न देशभरबाट करि ४ हजार ७ सय बढी प्रतिनिधि छनोट भएर आएका छन् । महाधिवशेनमा काठमाडौँको भृकुटीमण्डप रंगिएको छ । भृकुटीमण्डप कांग्रेसका नेता तथा कार्यकर्ताले भरिभराउ भएको छ ।काठमाडौँमा ट्राफिक जाम पनि बढेको छ । यसअघि कांग्रेसको १३ औं महाधिवेशन २०७२ मा काठमाडौँ सम्पन्न भएको थियो ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया