शुक्रबार, वैशाख २८, २०८१

कांग्रेस महाधिवेशनको तयारी तीब्र (तस्बीरहरु)

जुली गिरी २०७८ मंसिर २२ गते १४:०८

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यही मंसिर २४ देखि २७ गतेसम्म कांठमाडौमा हुने १४ औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको हो । कांग्रेस महाधिवेशनका लागि मञ्च व्यवस्थापनको काम भइरहेको छ । मञ्ञ व्यवस्थापनमा २५ लाख खर्च हुने कांग्रेसले जनाएको छ ।

Advertisement

यस्तै महाधिवेशनमा उम्मेदवार बन्नेहरुले आफ्नो प्रचार प्रसारलाई तिव्रता दिएका छन् । उनीहरुले महाधिवेशन स्थल भृकुटीमण्डपमा ब्यानर राखेर प्रचार प्रसारलाई तिव्रता दिएका हुन् । केन्द्रीय सदस्यका उम्मेदवारले आफ्नो प्रचारलाई तिव्रता दिएका हुन् ।

कांग्रेसको १४औं महाधिवेशनले पाँच वर्षका लागि नयाँ नेतृत्व छनोट गर्ने छ । एक सातादेखि कांग्रेसले महाकिधवेशनको तयारीलाई अगाडि बढाएको थियो । मंगलबार पार्टीको झण्डा विभिन्न ठाउँमा राखेको कांग्रेसले बुधबार मञ्च निर्माणलाई तिव्रता दिएको हो ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया