बिहीबार, वैशाख २७, २०८१

अमेरकी राष्ट्रपति बाइडेन शुक्रबार अस्पताल भर्ना

मेरोन्यूज २०७८ मंसिर ४ गते ७:५९

काठमाडौँ । अमेरकी राष्ट्रपति जो बाइडेन शुक्रबार अस्पताल भर्ना भएका छन् । उनी अस्पताल भर्ना भएसँगै उपराष्ट्रपति कमला ह्यारिस कार्यवहाक राष्ट्रपति बनेकी थिइन् ।

Advertisement

राष्ट्रपति बाइडेन नियमित कोलोनोस्कोपीका लागि एक घण्टा २५ मिनेट एनेस्थेसियामा गएका थिए । समाचारमा जनाइएअनुसार उनले हरेक वर्ष कोलोनोस्कोपीको एनेस्थेसिया गराउँदै आएका छन् ।

व्हाइट हाउसका प्रेस सचिव जेन पास्कीले बाइडेन अस्पताल भर्ना हुँदा ह्यारिसले राष्ट्रपतिको जिम्मेवारी लिएकाे जानकारी दिए । बाइडेन अहिलेसम्मकै धेरै उमेरमा कार्यवहाक राष्ट्रपति पद सम्भाल्ने पहिलाे व्यक्ति हुन् । पद सम्हालेसँगै उनी पहिलाेपटक अस्पताल भर्ना भएका हुन् ।

शनिबार बाइडेनले आफ्नाे ७९ जन्मदिन मनाउने भएका छन् । एनेस्थेसियाका क्रममा उनलाई बेहाेस बनाइएको थियो ।

प्रतिक्रिया