सोमबार, जेठ ७, २०८१

उत्तरी हाइटीमा भारी वर्षाले पहिरो जाँदा १३ जनाको मृत्यु

मेरोन्यूज २०८१ वैशाख २६ गते १४:५९

हिंसाग्रस्त हाइटीको उत्तरपश्चिममा भर्खरै आएको भारी वर्षाका कारण बाढी र पहिरोमा परी १३ जनाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घका मानवीय सहायताकर्मीहरूले मङ्गलबार बताएका छन् ।

Advertisement

मानवीय मामिला समन्वयका लागि राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए) ले स्थानीय अधिकारीहरूले क्याप–हाइटेनमा पहिरोमा परी १३ जनाको मृत्यु भएको बताएको उल्लेख गरेको छ ।

पोर्ट–ओ–प्रिन्सको राजधानीमा घातक गिरोह हिंसाबाट भागेका धेरै मानिसले देशको उत्तरतर्फ सुरक्षा माग गरेका छन् । यसमा मुलुकको उत्तरी तटसँगै क्याप–हाइटियन क्षेत्र पनि सामेल छ । स्थानीय अधिकारीहरूले मुसलधारे वर्षाले घर तथा व्यवसायमा समेत क्षति पुगेको बताएका छन् ।

आगामी दिनमा राजधानी लगायत अन्य भागमा थप वर्षा र बाढी आउने अपेक्षा गरिएको ओसिएचएले जानकारी गराएको छ । यी भागमा जारी हिंसाबाट विस्थापित मानिसले भारी वर्षाअघि सरसफाइ चुनौतीको सामना गरिरहेका थिए । शुक्रबारदेखि भारी वर्षा सुरु भएको छ ।

ओसीएचएले राजधानीमा भएको हिंसासँग सम्बन्धित विज्ञप्तिमा हाइटीका अन्तरिम मानवीय संयोजक ब्रुनो मेसले सोलिनो छिमेक र पोर्ट–ओ–प्रिन्सको वरपरका क्षेत्रहरूमा बारम्बार आक्रमणको गहिरो मानवीय प्रभावको कडा निन्दा गर्नुभएको बताएको छ । उक्त आक्रमणका कारण मानिसहरू आफ्नो घरबाट भागेका छन् ।

प्रतिक्रिया