सोमबार, वैशाख १७, २०८१

बारले भोलिदेखि सशक्त आन्दोलन चर्काउने (भिडियोसहित)

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले गरेको दोस्रो चरणको आन्दोलन मंगलबार सकिएको छ ।

दोस्रो चरणको आन्दोलन सकिँदा पनि सर्वोच्च अदालतका प्रधानन्यायाधीश जबराले राजीनामा नदिएपछि बारले बुधबारदेखि आन्दोलन थप सशक्त बनाउने भएको छ ।

बार एशोसिएसनको दोस्रो चरणको धर्नाको अन्तिम दिन मंगलबारको बिरोध कार्यक्रममा बोल्दै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बुधवारबाट सशक्त रुपमा तेस्रो चरणको आन्दोलन गर्ने बताए ।

उनले प्रधानन्यायाधीश जबराले न्यायपालिकामा विसंगति, विकृति र भ्रष्टाचारलाई संरक्षण गरेको आरोप लगाए ।

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा अपरिहार्य भएको बताउँदै राजीनामापछि मात्रै न्यायपालिकाको सुधार हुने उल्लेख गरे ।

मंगलवार एसोसिएसनले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै दोस्रो चरणको आन्दोलनको अन्तिम दिन सर्वोच्च अदालतमा धर्ना दिएको थियो ।

प्रतिक्रिया