बुधबार, जेठ २, २०८१

युगाण्डा कम्पालामा एनआरएनको रक्तदान

मेरोन्यूज २०८१ वैशाख १७ गते ७:३४

युगाण्डा । “रक्तदान-जीवनदान” मुल नारा सहित गैर-आवासीय नेपाली संघ, युगाण्डाको आयोजनामा ब्लड बैंक युगाण्डाको सहकार्यमा आईतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपालीसहित भारतीय, पाकिस्तानी अनि स्थानीय रक्तदातको सहभागिता थियो । रक्तदानबाट संकलित १०९ युनिट रगत रक्तसञ्चार केन्द्र युगाण्डालाई हस्तान्तरण गरिएको गैर आवासीय नेपाली संघ युगाण्डाका अध्यक्ष रमा अर्यालले जानकारी दिइन् ।

Advertisement

विश्व स्वास्थ्य संगठनका अनुसार युगान्डालाई वर्षेनी ३ लाख ४० हजार युनिट रगत आवश्यक छ जसमध्ये दुई लाख युनिट मात्र संकलन हुँदै आएको छ ।

रगत अभावले धेरै युगान्डनहरुको अकालमा नै मृत्यु हुने गरेको पाइएकोले रगत अभाव हुन नदिन गैरआवासीय नेपाली संघले रक्तदान कार्यक्रम नियमित रुपमा आयोजना गर्दै आएको एनआरएन युगाण्डाका पूर्व अध्यक्ष बिनोद थापाले बताए ।

एनआरएन युगाण्डाका उपाध्यक्ष तारा गिरीले नेपालीहरुको युगान्डामा न्यून उपस्थितिका बावजुद अत्यन्तै सह्रानीय काम गरिरहेको भन्दै युगान्डन तथा अन्य मुलुकका संस्थाहरुले नेपालीलाई धन्यवाद दिने गरेको बताइन्।

गैर आवासिय नेपाली संघ युगान्डाले आयोजना गरेको यस कार्यक्रमलाई , नरेन शर्मा, बिणा थापा, मालती राना, मुकेश मेहता, एक्युरेट सेक्युरिटी, साइन कुजिन रेस्टुरेन्ट, हिमालयन रेस्टुरेन्ट, नेपालय रेस्टुरेन्ट, फुड प्लानेट, युगान्डाका लागि नेपाली बाणिज्य दुत, एसआर सलुन लगायतले प्रायोजन गरेका थिए ।

रक्तदान कार्यक्रममा एनआरएनए युगाण्डाका पदाधिकारी बरिस्ठ उपाध्यक्ष प्रेम श्रेष्ठ, उपाध्यक्ष तारा गिरि, महासचिव राजु थापा , कोषाध्यक्ष मालती राना, युवा संयोजक मुकेश मेहतालगायत संरक्षक रमेश कडेल ,पूर्ववरिस्ठ उपाध्यक्ष धनराज गिरि, पूर्वसह-कोषाध्यक्ष कल्पना अर्याल, लगायत ब्लड बैंक युगान्डालगायतको सक्रिय भूमिका रहेको थियो। युगान्डामा रहेका अत्यधिक नेपालीहरुको उपस्थित रह्यो भने स्वेच्छिक स्वयंसेवकमा हस्तबहादुर थापा,अनिश शाही, नारायण बोहोरा, बिणा थापा, रबिन्द्र थापा, राजेश कंडेल, गोकर्ण श्रेस्ठ लगायतको उल्लेख्य भुमिका खेलेका थिए ।

प्रतिक्रिया