शनिबार, वैशाख २९, २०८१

विश्वकप टी–२० क्रिकेटमा कस्ले मार्ला बाजी ?

आयुश राठौर २०७८ कार्तिक २८ गते १५:५०

काठमाडौँ । आइसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज राति ७ः४५ बजे खेल हुँदै छ । दुबईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उपाधिका लागि अन्तिम खेल हुने भएको हो ।

Advertisement

विश्वकप २०२१ को फाइनलमा न्युजिल्याण्ड र अष्ट्रेलिया भिड्ने भएको हो । दुवै टोलीले टी–२० विश्वकपमा आफ्नो पहिलो जित निकालेर इतिहास बनाउन प्रतिस्पर्धा गर्ने भएको छ ।

पहिलो खेलमा पाकिस्तानसँग पराजित भएपछि न्युजिल्याण्डले सुपर १२ चरणमा बलियो पुनरागमन गरेको थियो । त्यसपछिका चार खेल जित्दै समूह २ बाट फाइनलमा पुगेको हो ।

अर्कोतर्फ पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै अस्ट्रेलियाले फाइनलमा स्थान बनाएको थियो । पाकिस्तानले दिएको १७६ रनको विशाल स्कोर पछ्याउँदै अस्ट्रेलियाले जित निकाल्न सफल भएको हो । अस्ट्रेलियाको जितमा मार्कस स्टोइनिस र म्याथ्यु वेडले ८१ रनको साझेदारी गरेका थिए ।

अस्ट्रेलियाका सम्भावित खेलाडीहरू

डेभिड वार्नर, आरोन फिन्च (कप्तान), मिचेल मार्स, स्टिभन स्मिथ, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, म्याथ्यु वेड, प्याट कमिन्स, मिचेल स्टार्क, एडम जाम्पा र जोस हेजलवुड ।

न्यूजील्याण्डका सम्भावित खेलाडीहरू

मार्टिन गुप्टिल, डेरिल मिचेल, केन विलियम्सन (कप्तान), टिम सेफर्ट, ग्लेन फिलिप्स, जेम्स निशाम, मिचेल सान्टनर, टिम साउथी, एडम मिल्ने, ट्रेन्ट बोल्ट, इश सोडी ।

आयुश राठौर

मेरोन्युजकर्मी राठौर खेलकुद र कला सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया