शुक्रबार, वैशाख २८, २०८१

भावुक मेस्सी

मेस्सी बार्सिलोनाबाट निस्किएका कि निकालिएका ?

यस्तो छ मेस्सीको बार्सिलोना यात्रा…

आयुश राठौर २०७८ साउन २४ गते १८:१९


काठमाडाैं । अर्जेन्टिनी फरवार्डसमेत रहेका विश्व चर्चित फुटबल क्लब बार्सिलोनालका पूर्व कप्तान लियोनल मेस्सी आँसुसहितको भावुक बन्दै बिदा भएका छन् । केही समयअगाडि नै बार्सिलोना छाड्ने निर्णय गरेका मेस्सीलाई बार्सिलोनाले आइतबार पत्रकार सम्मेलन गर्दै औपचारीक रुपमा बिदाई गरेको हो ।

Advertisement

बिदाईको पत्रकार सम्मेलनमा विश्वमा फुटबलका अब्बल मानिने मेस्सीको आँसुसहित भावुक अवतारमा बाहिरिएको छ । भावुक मुद्रामा रहेका मेस्सीले बार्सिलोना छाड्न नचाहेको बताएका थिए ।

‘२१ वर्षपछि यहाँबाट बिदा हुँदै छु, म यस क्लब छाड्न चाहँदैन थिए । यस क्लबलाई म माया गर्थे । मैले यो पलको आशा गरेको थिएन,’ मेस्सीले बिदाईमा भने, ‘गत वर्ष म क्लब छाड्न चाहन्थे । यस वर्ष म बस्न चाहन्थेँ । त्यसैले म दु:खी छु, तीन जना क्याटलान बच्चाको साथमा यहाँबाट जाँदै छु। यो हाम्रो घर हो।’

उनको यो कथनलाई सुन्दा कतै उनी निकालिएको त होइन ? भन्ने खालमा प्रश्न नजागेको भने पक्कै होइन । तर क्याटलन क्लबको एकेडेमीमा हुर्किएका मेस्सी बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएका थिए ।

मेस्सी अब कता ?

बार्सिलोनाले ला लिगाको वित्तीय संरचनाको कानुनी अडचनले गर्दा मेस्सीसँग सम्झौता नवीकरण गर्न नसकिएको जनाएको थियो । अब फ्री ट्रान्सफरमा अन्य क्लब जाने छन् । मेस्सीले आफ्नो अबको यात्रा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)बाट फुटबल यात्रा जारी राख्ने तयारी गरेको बुझिन्छ ।

स्पेनिस खेलकुद पत्रिका मार्काले क्याटलान क्लब बार्सिलोनाले बिहीबार आर्थिक र संरचनागत अवरोधले मेस्सीसँग नयाँ सम्झौता हुन नसकेको जानकारी दिएपछि शुक्रबार कतारका अमिरका भाइले अर्जेन्टिनी स्टारले पीएसजीका लागि हस्ताक्षर गर्न लागेको जनाकारी दिएको उल्लेख गरेको छ । मेस्सीको भविष्यका बारेमा विकसित भएका घटना क्रम अपेक्षा गरिएको भन्दा द्रुत गतिमा भइरहेको मार्काले जनाएको छ ।

फुटबल क्लब पीएसजीका मालिकका भाइ खालिद बिन हमद बिन खलीफा अल-थानीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै मेस्सीसँग कुराकानी पूरा भएको र चाँडै यसबारे औपचारिक घोषणा हुने दाबी गरेका छन्।

अल-थानीले ट्विटरमा लेखेका छन्, ‘आधिकारिक रुपमा कुराकानी समाप्त भएको छ, पछि मेस्सीको घोषणा हुनेछ ।’

मेस्सीले आफ्नो कप्तानीमा गत महिना अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए । पीएसजीसँगै इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले पनि मेस्सीलाई भित्र्याउन चाहना गरेको छ । तर उनले कता आफू कता जाने कुनै निर्णय भने गरिसकेका छैनन् ।

मेस्सीको बार्सिलोना यात्रा

१३ वर्षको उमेरमा मेस्सी र उनको परिवार बार्सिलोनामा बसाई सरे र उनले एफसी बार्सिलोनाको अन्डर १४ टिमको लागि खेल्न सुरु गरेका थिए । उनले जुनियर टोलीका लागि १४ खेलमा २१ गोल बनाए र उनी छिटो १६ वर्ष नपुगुञ्जेल उच्चस्तरीय टोलीहरूमार्फत स्नातक भएका थिए ।

सोही उमेरमा उनको मैत्रीपूर्ण खेलमा एफसी बार्सिलोनासँग अनौपचारिक डेब्यू गरे । २००४-०५ सिजनमा मेस्सी, देशको फुटबलको उच्च डिभिजन खेल १७ वर्षमा सबैभन्दा कम उमेरका आधिकारिक खेलाडी र गोल स्कोरर बन्न पुगेका थिए ।

बार्सिलोना मा उनको राम्रो सन्तुलित, र मैदानमा बहुमुखी स्वाभावले निकै चर्चा कमाएको थियो । २००५ मा उनलाई स्पेनी नागरिकता प्रदान गरेका थिए भने बार्सिलोनाका कट्टर क्याटालान समर्थकहरूले मिश्रित भावनाका साथ स्वागत र सम्मान समेत गरेका थिए ।

अर्को वर्ष मेस्सी र बार्सिलोनाले च्याम्पियन्स लिग (यूरोपियन क्लब च्याम्पियनशिप) टाइटल जित्यो त्यसपछि मेस्सीप्रतिको मोह बार्सिलोनामा झन बढेको थियो ।

मेस्सीको खेल वर्षौंको अवधिमा सुधार हुँदै गयो, र सन् २००८ सम्ममा उनी विश्वकै सबैभन्दा प्रबल खेलाडीहरूमध्ये एक बने । २००८ फिफा वर्ल्ड प्लेयर अफ द इयरका लागि मतदानमा म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डो भने दोस्रो स्थानमा थिए । मैदानको बाहिर, मेस्सी विश्वको सबैभन्दा ठूलो एथलेटिक स्टारहरूमध्ये एक हुन ।

६ पटकको ‘बालोन डी’ओर विजेता मेस्सी गत जुन ३० बाटै फ्री एजेन्ट बनेका थिए ।३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए । बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन् । बार्सिलोनाबाट १० ला लिगा उपाधि जित्दा ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

आयुश राठौर

मेरोन्युजकर्मी राठौर खेलकुद र कला सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया