आइतबार, वैशाख २३, २०८१

मन्त्री पद खोसिएको बारे बेखबर वन मन्त्री आले

मेरोन्यूज २०७८ जेठ २१ गते १७:३९

काठमाडौँ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले मगर मन्त्रीपद खोसिएको बारे बेखबर छन् । उनको ठाउँमा जनता समाज पार्टी (जसपा)का चन्दा चौधरीलाई जिम्मेवारी दिन लागिएको छ । महन्थ ठाकुरसँगको सहमतिका आधारमा प्रधानमन्त्री ओलीले बन मन्त्रीमा चन्दालाई ल्याउन लागेका हुन् । आले भने पूल्चोकस्थित निवासमा बसिरहेका छन् ।

Advertisement

उनको सचिवालयका अनुसार आलेलाई आफ्नो मन्त्री पद गएको थाहा छैन । आलेको सचिवालयले बाहिर आएको समाचार आधिकारी नभएको दावी गरेको छ ।

प्रधानमन्त्री कार्यालयवाट पनि उनलाई यसवारेमा कुनै जानकारी दिइएको छैन । ‘सम्वन्धित निकायवाट कुनै जानकारी नआउँदासम्म कसरी पद गयो भन्ने वझुने र ?’ उनको सचिवालयले भन्यो ।

प्रतिक्रिया